• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरी भन्सार : भवन छ तर कर्मचारी बस्दैनन

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १३:५७
  • ३२९७

    वीरगंज । पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालयमा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । भन्सारका लागि भव्य भवन निर्माण भए पनि कर्मचारी नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

    वीरगन्ज भन्सार कार्यालय मातहतको यो भन्सारको नयाँ भवन २ वर्षअघि निर्माण भएको थियो । काठको जीर्ण भवनबाट विगतदेखि छोटी भन्सार सञ्चालनमा आएको थियो । हाल सुविधा सम्पन्न कार्यालय निर्माण भइसक्दा पनि कर्मचारी नियमित नबस्दा सरकारलाई दैनिक राजस्व घाटा भइरहेको स्थानीय बताउँछन् । ठोरी नाका भएर निजी सवारीसाधनमार्फत भारतीय पर्यटक सौराहालगायत नेपालका अन्य गन्तव्यसम्म आउने गर्छन् । भारतीय बजार भिखनाठोरी र नरकटियागञ्जबाट किनमेल गरेर ठोरीदेखि चितवनसम्मका स्थानीय यही नाका हुँदै फर्कने गरेका छन् । भारतीय बजारबाट किनमेल गरेर फर्कनेले लत्ताकपडा, बिजुलीका सामान, मोटर पार्टस् तथा अन्य दैनिक उपभोग्य बस्तु ल्याउने गर्छन् । भन्सार शुल्क बुझाउन खोज्नेले पनि त्यहाँ कर्मचारी नदेखेपछि राजस्व नबुझाई मालसमान लग्छन् ।

    ठोरीसम्म आउने भारतीय पर्यटक ठोरी भएर चितवन सौराहा हुँदै लुम्बिनी, पोखरा, काठमाडौंसम्म जाने इच्छा गरे पनि यहाँ भन्सारले भारतीय गाडीको नेपाल प्रवेश गर्ने अनुमतिसहित भन्सार नकाट्ने गरेकाले थुप्रै भारतीय पर्यटक दुःख मानेर फर्कने गरेको होटल तथा पर्यटन व्यवसायी सुदिप थापाले बताए । ‘भारतीय पर्यटकले निजी गाडी लिएर नेपालका अन्य पर्यटकियस्थल घुम्न जान ठोरीबाटै सवारीसाधनको अस्थायी पैठारीको अनुमति लिन खोज्छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई बाध्य भएर ६० किमी टाढा वीरगन्ज गएर त्यहाँबाट भन्सारको अनुमति लिएर वीरगन्ज हुँदै जान सुझाव दिन्छौं, तर उनीहरू मान्दैनन् ।’ अर्का स्थानीय प्रकाश खनाल सरकारले महेशपुर र त्रिवेणी जस्तन नवलपरासीका नाकामा रहेका छोटी भन्सारलाई भारतीय सवारीको अस्थायी पैठारी अनुमति दिनेसम्मको अधिकार दिएपनि ठोरी भन्सार भने अझै कर्मचारी बिहिन बनाएर राखेको गुनासो गरे । ‘ठोरी नाकाबाट दैनिक ठूलो संख्यामा भारतीय पर्यटक ठोरी हुदै नेपालका अन्य स्थान पुग्न खोज्छन,’ उनले भने, ‘मधेस प्रदेश सरकारले यसै वर्ष ठोरीलाई प्रदेशकै पर्यटकिय स्थल घोषणासमेत गर्‍यो तर पर्यटक भित्र्याउन भने कुनै पनि निकाय गम्भीर भएको देखिएन ।’

    वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ठोरी छोटी भन्सारमा एक नायब सुब्बा र एक कार्यालय सहयोगी गरी २ कर्मचारीको दरबन्दी रहेको र उनीहरू नियमित रूपमा कार्यालयमा पुग्ने गरेको दाबी गरे । उक्त नाकाबाट प्रायः सरकारले आयातमा रोक लगाएका वस्तुहरू बढी भित्रिने गरेकाले त्यस्ता वस्तुको भन्सार काट्न नमिल्ने उनले बताए । ‘अधिकांशले सरकारले ब्यान्ड गरेका कुरकुरे, लेज, जुस ल्याउन खोज्छन्, कतिपयले एलसी खोलेर आयात गर्नुपर्ने वस्तु ल्याउन खोज्छन्,’ उनले भने, ‘त्यो सम्भव हुँदैन, म आफैंपनि केही दिनअघि त्यहाँ पुग्दा यस्ता धेरै बस्तु ल्याइएको पाए ।’ कतिपय बस्तु आयात गर्न अनुमति दिँदा पनि क्वारेन्टाइन गराउनुपर्ने खालका बस्तु हुने गरेको उनले बताए । भारतीय सवारीसाधनको अस्थायी पैठारी अनुमतिको हकमा वीरगन्ज भन्सार कार्यालय आफैंले त्यस्तो अनुमति दिन नसक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑