• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सार्वजनिक शौचालय: महानगरपालिकालाई मासिक एक लाख भाडा !

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार ११:२१
  • १५९७

    उदयपुर | उदयपुरका तीर्थबहादुर राईले प्रदर्शनीमार्गस्थित सार्वजनिक शौचालय समाज कल्याण परिषद्बाट ठेक्कामा लिएर चलाएको करिब अब पाँच वर्ष पुग्नै लाग्यो । राईले मासिक एक लाख २० हजार रुपैयाँ भाडा परिषद्लाई बुझाउँछन् । परिषद्ले सन् २०१६ को डिसेम्बरमा बनाइदिएको यो शौचालय अपाङ्गमैत्रीसमेत रहेको छ ।

    तर अहिले उक्त सार्वजनिक शौचालयमा सेवाग्राही आउन निकै कम भएको छ । त्यसैले मासिक भाडा तिर्नै मुस्किल भएको छ । पाँच वर्षको समयावधि सकिएपछि उनी सार्वजनिक शौचालय फेरि ठेक्कामा लिने वा नलिने दोधारमा छन् ।

    त्यसै त लकडाउनका कारण सेवाग्राही असाध्यै कम थिए । अहिले काठमाडौँ महानगरपालिकाले होटेल, रेस्टुरेन्ट तथा बैंकलगायत व्यावसायिक क्षेत्रका शौचालय सार्वजनिक रूपमा प्रयोगमा ल्याउने निर्णय गरेसँगै आफूहरूको व्यवसाय धरापमा परेको राई सुनाउँछन् ।

    होटलमा पनि जान पाइने जानकारी नभएका र अत्यन्त इमर्जेन्सी परेमात्र आउने ग्राहकले धानिनु परेको राईको भनाइ छ । निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएपछि पैसा तिरेर को आउँछ ? उनले प्रतिप्रश्न गरे ।

    तर महानगरले होटल, बैंकमा शौचालय प्रयोग गर्न पाइने सुविधामाथि गुनासो नभएको राईको जिकिर छ । आफूहरूको माग ग्राहक उता लागेपछि भाडा घटोस् भन्ने मात्र हो । उनकी श्रीमतीले पनि परिषद्ले अब ठेक्का लगाउँदा पहिलेकै रेट लगाउन नहुने बताउँछिन् ।

    नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि रहेको सार्वजनिक शौचालय २०७६ सालमा एभरेष्ट बैंकले बनाएर काठमाडौँ महानगरपालिका–१० लाई हस्तान्तरण गरेको हो ।

    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै खर्चमा बनाएर महानगरलाई जिम्मा दिएपनि महानगरले ठेक्कामा लगाएको छ । सिन्धुलीका विशाल शिवाकोटीले पाँच वर्षका लागि महानगरसँग ठेक्कामा लिएका छन् । उनले पनि मासिक एक लाख रुपैयाँ भाडा बुझाउनुपर्छ । नयाँ बानेश्वर निकै भीड हुने ठाउँ भएपनि वरपर प्रशस्त होटल र बैंकमा शौचालय प्रयोग गर्न जाने भएकाले आफ्नो व्यापार पहिलेको तुलनामा घटेको बताउँछन् उनी ।

    यहाँनिर राम्रै कमाइ गर्न सकिन्छ भनेर ठेक्कामा लिइयो । तर यहाँ दिनभर बसेर भाडा तिर्ने मात्रै पैसा उठे आफूले के खानु ? उनी भन्छन्,‘कमाएको जति भाडामा ठिक्क हुन्छ, हामीलाई आफ्नो गुजारा गर्न समस्या भएको छ ।’

    पाँच, दश रुपैयाँ बटुलेर लाखमाथिको भाडा तिर्न मुस्किल भएको शिवाकोटीले बताए । उनको पनि तीर्थ राईको जस्तै महानगरले अन्य क्षेत्रमा शौचालयको पहुँच पुर्याएको दुःखेसो छैन । भाडामा समायोजन गर्दिए अरू समस्या नभएको उनी बताउँछन् ।

    त्यसै गरी, सिंहदरबारकै सामुन्ने भद्रकाली मन्दिर परिसरमा पनि सार्वजनिक शौचालय रहेको छ । यो खिचापोखरीस्थित ‘मूधिमे सना गुखल’ को नेतृत्वमा स्थानीय संघसंस्था र जनसमुदायको सहभागितामा मन्दिरमा आउने भक्तजनका लागि निर्माण गरिएको लैङ्गिक मैत्री शौचालय हो ।

    २०६६ साल असोजदेखि श्री लुमधि भद्रकाली मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले उक्त शौचालय ठेक्कामा लगाएको छ । समितिले ठेकेदारमार्फत पैसा उठाइरहेको छ । शौचालय रेखदेख गर्ने नानीछोरी बोडेले पनि ठेक्का लिनेले यो छोड्न लागेको बताइन् । समितिले तोकेको भाडा महँगो भएकाले छोड्न लागेको उनले जनाइन् ।

    सार्वजनिक शौचालय सेवा दिनेहरूको यी केही प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ महानगरपालिकाको तथ्याङ्कअनुसार हाल महानगरभित्र ४२ वटा सार्वजनिक शौचालय छन् । जो परिषद् र विभिन्न समितिमार्फत ठेक्कामा सञ्चालनमा छन् ।

    भाडा समायोजनको माग

    यही जेठ २५ गते काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतका बीच बैंकको १८ वटा शाखामा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने सम्झौतामा हस्ताक्षर भएसँगै ठेक्कामा सञ्चालित शौचालयमा सेवाग्राही घटेकाले भाडा समायोजन होस् भन्ने व्यवसायीहरूको माग छ ।

    सार्वजनिक शौचालयबाट महानगरले बहाल कर शीर्षकमा वार्षिक करिब १ करोड रुपैयाँसम्म आम्दानी गर्छ । महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेका अनुसार काठमाडौंका सार्वजनिक शौचालयको सेवाग्राही सन्तोषजनक छन् । शौचालयको मात्रै ठेक्का लिएर दाँया–बाँया विभिन्न पसलसमेत राखेर अन्य आम्दानीसमेत गरिरहेका छन् । सार्वजनिक शौचालयको आम्दानी राम्रो भएको उनले बताए ।

    आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौँ महानगरले सबै वडामा सार्वजनिक शौचालय बनाउने भन्दै ५ करोड रूपैयाँ बजेट विनियोजन गरेका थियो । तर महानगरले एउटा पनि शौचालय बनाउन सकेन ।

    हाल काठमाडौंका मेयर बालेन्द्र शाहले यहाँको सार्वजनिक शौचालयको व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । वाचाअनुरुप उनले समस्याको समाधानको लागि होटल तथा बैंकमा शौचालय निःशुल्क प्रयोगमा ल्याउने काम पनि गरे । तर लामो समयदेखि सञ्चालित शौचालयको भाडा समायोजनको विषयमा भने ध्यान दिएको पाइएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑