• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिट्ठामोड सडकको फेरि म्याद थपको तयारी

  • वीरगंज संजाल
  • ११ श्रावण २०७९, बुधबार १४:३५
  • १९८९

    जनकपुर । लामो प्रतिक्षापछि निर्माण कार्य शुरु भएको हुलाकी राजमार्ग आयोजना अन्तर्गतको जनकपुरधाम भिट्ठामोड सडक खण्ड साढे ६ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

    तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ३ वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ २४ गतेका दिन शिलान्यास गरेका सो सडक साढे ६ वर्षमा पनि निर्माण नहुँदा स्थानीय सास्ती भोग्न बाध्य छन । लामो संघर्षपछि धनुषा र महोत्तरी जिल्लालाई भारतीय सीमासँग जोड्ने जनकपुरधाम–भिठामोड सडकखण्ड निर्माण नहुँदै गुणस्तरहीन र कमसल सामग्री प्रयोगले ठाउँ ठाउँमा भत्किन थालेको छ । केही ठाउँमा मर्मतसम्भार गरिएको छ भने अधिकांश ठाउँ जोखिम अवस्थामै छ । सडकमै गहिरो खाल्डाखुल्डी, ठाउँ ठाउँ सडक भत्किएकाले सवारी साधन आवागमनमा समेत समस्या हुँदै आईरहेको छ । कयौं पटक दुर्घटना समेत भइसकेपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । फोर लेन भनिएका ती सडक खण्डको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको हुलाकी राजमार्ग आयोजना केन्द्र जनकपुरधामले दाबी गरेपनि अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुललगायतका काम अझै बांकी नै छ । गएको आर्थिक वर्षमै ती सडक खण्डको सम्झौता अवधि समाप्त भइसकेको छ ।

    हुलाकी राजमार्ग आयोजना केन्द्र जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले केही पुल बाहेक सडकको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । पिपरादेखि जनकपुरधामसम्म सडकमै केही मन्दिर भएको कारण साइट क्लियरेन्स गर्न नसक्दा निर्माण सम्पन्नमा ढिलाई भएको हो, जहाँसम्म सम्झौता अवधिको कुरा हो, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले तयारी अघि बढाइसकेको छ, उनले भने । सो सडक खण्डमा मुख्यतः ४ वटा मन्दिर मध्ये ३ वटासँग समन्वय भइसकेको छ, पिपरा गाउँपालिका बजारस्थित हनुमान मन्दिर प्रमुख बाधक हो । त्यसका लागि हामीले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग पटक पटक समन्वय गर्दा समस्या समाधान हुन सकेको छैन, यसमा प्रमुख रुपमा स्थानीय तहले अग्रसरता देखाउन जरुरी रहेको उनको भनाइ छ । उता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले प्रमुख महतोले आरोप मात्रै लगाएको बताए । उनले भने, `हामी सहयोगका लागि २४ घण्टा तयार छौं, आयोजना प्रमुखलाई पटक पटक ताकेता गर्दा पनि मन्दिर खाली गराउन आउनु भएन । उहाँले आफै ठेकेदारसँग काम गराउन नसकेर आरोप स्थानीय तहमाथि लगाउन खोज्नुभएको छ ।`

    सडक निर्माणमा बाधक भनिए पनि पिपरा गाउँस्थित शिव मन्दिरका पुजारी रामप्रकाश दासले आफूहरू जग्गा खाली गर्न तयार रहेको बताए । यहाँ सडक निर्माणमा मन्दिर बाधक नभई गुणस्तरहीन कमसल काम गरेका कारण स्थानीयले विरोध गर्दा आफ्नो गल्ती लुकाउन मन्दिर बाधक रहेको भनी आयोजना र ठेकेदार बच्न खोजेको उनको भनाइ छ । त्यस्तै स्थानीय श्याम यादवले पनि सडकको काम निकै नै गुणस्तरहीन, कमसल र कमजोर भएको बताए । उनले निर्माण चरणमै सडक टुटफुट हुन थालेपछि यो कतिको टिकाउ होला भन्ने आफै अनुमान लगाउन सकिन्छ । कमिसनको चक्करमा सडक गुणस्तरहीन र कमसल बनाइएको आरोप उनले लगाए । पिपरा गाउँपालिका अध्यक्ष यादवले पनि सडकको विभिन्न स्थानमा भएको खाल्डाखुल्डी भएको कारण पिपरा बजारमै दर्जनौ दुर्घटना भइसकेका बताए । मर्मत सम्भार गरिदिन निर्माण कम्पनी र आयोजना प्रमुखलाई पटक पटक ताकेता गर्दा पनि चासो नलिएको उनको आरोप छ ।

    स्थानीयवासीले सडकको गुणस्तरीयता बारे उठाएको प्रश्नमा आयोजना प्रमुख महतोले हुलाकी राजमार्ग परियोजनाका प्रमुख कृष्णकुमार महतोले सडकको गुणस्तरीयतामा कुनै किसिमको खराबी नरहेको दावी गरेका छन । उनले भने, `यो सडक डिविएसडी प्रविधिमा निर्माण भईरहेको छ । ती प्रविधिमा बनेका सडकको आयु नै ४/५ वर्षको हुन्छ । कति ठाउँमा निर्माण भएको ५ वर्ष पुगिसकेको कारण टुटफुट हुन थालेको हो ।`हामीले कति ठाउँमा मर्मत सम्भार गराएका पनि छौं र बाँकी टुटफुट तथा भत्केका ठाउँमा मर्मत सम्भार गर्न निर्माण कम्पनीलाई भनिसकेका छौं`, उनले भने, `निर्माण कार्य सम्पन्न भएको ४ वर्षपछि फेरि त्यो सडकमा एक लेयर थपिनेछ, ‘लेयर थप गर्ने बेलामा स्फाल्ट प्रविधिका लागि सम्झौता गरियो अझै मजबूत हुनेछ ।`भारत र नेपाल सरकारको संयुक्त लगानीमा ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि नेपाल सरकारले १८.५६ किमिको उक्त सडकको दुई खण्डमा निर्माण गर्ने सम्झौता गरेको थियो । पहिलो खण्डमा जनकपुरधामस्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म श्री प्रतिभा वाई पि जे.भी लाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याटसहितमा ठेक्का सम्झौता गरेको थियो ।

    त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिट्ठामोडसम्म ९.५६ किलोमिटर सडक श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याट सहित बजेट ठेक्का सम्झौता गरेको थियो । यसका साथै पुराना सम्झौतामा भएका पुल र तीन वटा कल्भर्ट सहित १२ वटा कल्भर्ट निर्माणको कामपनि अधुरै नै छ । कल्भर्ट निर्माणका लागि ईलाइट सूर्या जेभीसंग २०७७ साल भदौ १९ गते २९ करोड २६ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको थियो । कल्भर्ट निर्माण कार्यको सम्पूर्ण काम २०७९ साल भदौ १८ सम्पन्न गर्नु पर्नेछ । हुलाकी राजमार्ग परियोजनाका अनुसार प्रतिभा वाइपी जेभीलाई ३९ करोड ५५ लाख ५६ हजार, आशिष पप्पु रोशन जेभीलाई ५१ करोड ३८ लाख ९१ हजार र कल्भर्ट निर्माणको ठेक्का पाएको ईलाइट सूर्या जेभीलाई १० करोड ८८ लाख ७१ हजार रुपैयाँ भुक्तानी समेत भई सकेको छ ।

    अनुगमन समितिको प्रतिवेदनलाई बेवास्ता

    सो सडक निर्माण कार्यको गुणस्तरीयतामाथी प्रश्न उठ्न थालेपछि संघीय संसदको विकास तथा पूर्वाधार समितिले सांसद ईन्दु शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । ती समितिले ३ वर्ष अगाडी नै कमसल सामग्रीको प्रयोग, मापदण्ड विपरीत निर्माण, गुणस्तरहीन निर्माण भएको ठहर गर्दै विकास तथा पूर्वाधार समितिमा प्रतिवेदन बुझाइसकेका छन । समितिले सडकको जग नै कमजोर रहेको, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको तथा करोडौँ रकमको हिनामिना भएको भन्दै १२ बुँदे सुझाव सहित प्रतिवेदन बुझाएको थियो । डीबीएसडी कालोपत्रेको साटो मापदण्ड विपरीत सामान्य ओटासिल कालोपत्रे गरिएको कुरा प्रतिवेदनमा भनिएको थियो ।

    अनुगमन समितिले प्रतिवेदन बुझाएको गुणस्तरहीन र कमसल काम भएको ठहर गर्दै बुझाएको प्रतिवेदनको तीन वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले कार्यान्वयनमा नल्याइएको प्रति संयोजक शर्माले दुख व्यक्त गरेका छन । सडक निर्माण र गुणस्तरीयताको माग गर्दै पटक पटक आमरण अनसनसम्मका संघर्ष गरेका माओवादी केन्द्रका नेता रामकुमार शर्माले सडकखण्ड निर्माण प्रकृयामा तलदेखि माथिसम्म चरम भ्रष्टाचार भएको आरोप लगाएका छन । उनले डिबिएसडी प्रविधि भनिएपनि मापदण्ड विपरीत ओटासिल प्रविधिको निर्माण कार्यमा संलग्नहरूलाई कारवाहीको माग गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑