• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद पौडेल

  • वीरगंज संजाल
  • १० श्रावण २०७९, मंगलवार ११:३९
  • २४१७

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद पौडेलले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । धरान उपमहानगरबाट वीरगञ्ज महानगरमा सरुवा भएका पौडेल गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि वीरगञ्ज महानगरको तेस्रो प्रशासकीय प्रमुख हुन् । जेठ १२ गते निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका निश्चलराज पाण्डे जेठ १४ गते सरुवा भएका थिए । पाण्डेको सरुवा पश्चात जेठ अन्तिम साता उपराष्ट्रपति कार्यालयवाट महानगर आएका सहसचिव बलराम ढकाल पनि महिना दिन नपुग्दै सरुवा भएर सामान्य प्रशासन मन्त्रालय गए । असार २५ गते निजी काम देखाएर घरबिदामा काठमाडौं गएका पाण्डे दोहो¥याएर महानगर फर्किएनन् । जेठ २९ र ३० गते वीरगञ्जमा भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठकको खर्च व्यवस्थापन महानगरकै बजेटले हुँदैछ भन्ने चर्चा सुनेका पाण्डेले जनप्रतिनिधिले झुक्याएर चेकमा हस्ताक्षर गर्न दबाब देलान् भन्ने आशंकाले सरुवा भएर सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका छन् ।

    ढकाल काममा नफर्केपछि धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रमुख प्रशासकीयको रुपमा जिम्मेवारी सम्हालेका छन् । पौडेललाई सोमबार महानगरप्रमुख राजेशमान सिंहले स्वागत गरेका थिए । सुरुमा भव्य स्वागत पाएका प्रशासन प्रमुखहरु कार्यक्षेत्रमा भने वर्षदिन पनि टिक्दैनन् । पाण्डे र ढकाल त उदाहरणमात्रै हुन् । बितेको ५ वर्षमा महानगरमा आएका आधा दर्जनभन्दा बढी सहसविचहरु ६ देखि ८ महिनाको अन्तरालमा सरुवा भएका छन् ।

    नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन र संघ, प्रदेश तथा स्थानीय तीनै तहको कानुन कार्यान्वयनको मुख्य जिम्मेवारी कर्मचारी प्रशासनको हो । भाषागत समस्या, जनप्रतिनिधिहरुको दबाबमा काम गर्नुपर्दा विवादमा पर्ने र भोलिका दिनमा बढुवामा समेत समस्या पर्ने भएकाले अधिकांश सहसचिवहरु वीरगञ्जमा बस्न चाहदैनन् । वीरगञ्ज महानगरका सूचना अधिकारी अरबिन्दलाल कर्ण बितेको ५ वर्षमा महानगरमा आधा दर्जनभन्दा बढी प्रशासकीय प्रमुख हेरफेर भएको बताउँछन् । ३२ वटा वडा रहेको महानगर अन्तर्गत करिव ३५० देखि ४ सय कर्मचरी कार्यरत छन् । महानगरले असार १० गते नगरसभा मार्फत चालु आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाखको अनुमानित बजेट पास गरेको छ । जनप्रतिनिधिले आफू अनुकुल योजना छनोट गरे पनि बजेट कार्यान्वयन भने कर्मचारी प्रशासनमार्फत हुने गर्दछ ।

    वीरगञ्ज महानगरका पूर्व प्रशासकीय प्रमुख बलराम ढकाल जनप्रतिनिधिको भूमिका विश्वासिलो नभएकाले महानगरमा काम गर्ने वातावरण नभएको बताउँछन् । ‘काम गर्ने वातावरण भएको भए बस्थेँ पनि होला तर, विश्वासिलो भएर ढुक्कसँग काम गर्ने अवस्था नदेखेरै म फर्किएको हुँ,’ ढकालले रातोपाटीसँग भने, ‘हामी जहाँ भए पनि काम गर्ने मान्छे हो, तर भोलि भाषा नबुझेर, कामको तनावमा झुक्याएर गलत ठाँउमा हस्ताक्षर गरियो भने फसिएला कि भन्ने डर पनि भयो ।’

    पूर्व प्रशासकीय प्रमुख ढकालले असार १० गते नै शान्तिपूर्ण ढंगले नगरसभाबाट महानगरको बजेट, नीति तथा कार्यक्रम पास गर्ने वातावरण तयार गरेका थिए । ‘एक महिनाको अवधिमा बजेट, नीति तथा कार्यक्रम र नगरसभा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सकियो, त्यो नै ठुलो उपलब्धि मान्छु,’ ढकालले भने । वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय सरावगीले नवनिर्वाचित जनप्रतिनिधिले कर्मचारीमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । ‘जनप्रतिनिधिले नीति नियम बनाउने हो, कर्मचारीले कार्यान्वयन मात्रै गर्ने हो, यसमा जनप्रतिनिधिले कर्मचारीमाथि हस्तक्षेप गर्न मिल्दैन तर नयाँ जनप्रतिनिधि आएपछि फलानो मेयरको नजिकको मान्छे भन्दै कर्मचारीलाई मानसिक रुपमा तनाव दिने काम भइरहेको छ भनेर कर्मचारीबाटै मलाई गुनासो आएको छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑