जनकपुरधाम । सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
शनिबार साँझ सिरहाको कर्जन्हा नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०१-००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा करिब १३ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो। बालिकाको अहिले सनाखत हुन सकेको छैन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जनाएको छ।