• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाजका संवेदनशील मुद्दाहरु छुटिरहेका छन्-डा. सुषमा तिवारी (द्विवेदी)

  • वीरगंज संजाल
  • ७ श्रावण २०७९, शनिबार ०९:३०
  • २१४९

    वीरगंज । म पनि मधेशी महिला हुँ । म ब्राहमण समुदायको भए पनि बसोबास गर्ने ठाउँमा दलित महिला हुनुहुन्छ, जनजाति, मुस्लिम पनि हुनुहुन्छ । विगतमा सबै महिलाको समस्या उस्तै थियो, सबैले घुम्टो राख्थे । खुलेर बाहिर आउन मलाई भन्दा पनि अरु समुदायकालाई झनै गाह्रो थियो । मेरो मनमा के कुरा आइरहन्थ्यो भने मधेसी महिलाको वास्तविक समस्या के छ त ? घरबाट नै महिलाहरुलाई कति सशक्तिकरण गरिन्छ त्यो जान्ने मन थियो । घरधुरीमा पुगेर मैले सर्वेक्षण सुरु गरेँ । सर्वेक्षणका लागि राखिएका ४/५ वटा विषयमध्येको एउटा ‘मैले कति वटा बच्चा जन्माउनुपर्छ ?’ भन्ने निर्णय लिने क्षमता पनि मधेसका महिलाहरुमा हुँदैन रहेछ । त्यसमा पनि दलित र मुस्लिम महिलाको अवस्था झनै भयावह । चुरा, टिका लगायत सामान्य किनमेलेका विषयमा पनि श्रीमानसँगै सल्लाह गर्नुपर्ने रहेछ ।

    सो अध्ययनपछि देशमा संघीयता आइसकेको छ । सामाजिक क्षेत्रमा धेरै संघसंस्था आएका छन् । देशभर नै मधेशको आर्थिक अवस्था उकास्ने कार्यक्रम ल्याइएका छन् । मधेशको शैक्षिक अवस्थामा सुधार आउन थालेको छ । मधेशी महिला पनि सानासाना व्यवसायमा सहभागी हुन थाल्नु भएको छ । तर जसरी महिलाहरुको अवस्था सुधार हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । मधेशमा अरबौं बजेट खर्च भइरहे पनि, भनेजस्तो उपलब्धि हासिल भइरहेको छैन । २/४ जना महिला जनप्रतिनिधि छानिँदैमा सुधार हुने पनि होइन । विरगन्ज महानगरपालिकाका महिला जनप्रतिनिधिमाथि भर्खरै एक अध्ययन गरिएको थियो । ६६ जनामा अध्ययन गरिँदा १८ प्रतिशत मात्रै साक्षर भएको पाइयो । साधारण लेखपढ गर्न सक्नेदेखि स्नातकसम्म अध्ययन गरेका पनि हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा काम गर्ने जनप्रतिनिधिकै अवस्था यस्तो छ भने सामान्य महिलाको के होला ? यी जनप्रतिनिधिले समुदायलाई के सन्देश दिन सक्नुहुन्छ ? उहाँहरुको क्षमता कस्तो होला ?

    पहिलेको तुलनामा राम्रो भए पनि अझै थुप्रै समस्या बाँकी नै छ । स्वास्थ्यको समस्या कायमै छ । मधेश प्रदेशका सरकारी अस्पतालको अवस्था बेहालजस्तै छ । प्रसुति गराउन गएका महिलाहरु भुइँमै बसेर पालो कुर्नुपर्छ । शिक्षामा गुणस्तरको पाटो कमजोर छ । सरकारी स्कुलका व्यवस्थापन समिति चयनमा संसदको जस्तो चुनाव हुन्छ, राजनीतिकरण हुन्छ । सरकारले जति लगानी गरेको छ, त्यसले के गुणस्तरीय शिक्षक र पूर्वाधार पाएको छ ? पढाइको गुणस्तरको कुरा गरिन्छ तर शिक्षकहरुकै गुणस्तरमा प्रश्न छ । राजनीतिक पार्टी र नेताहरुले राजनीतिक मुद्दा मात्रै बढी उठाउँदा सामाजिक मुद्दाहरु ओझेलमा परेका छन् । समाजका संवेदनशील मुद्दाहरु छुटिरहेका छन् । विकास भनेको शिक्षा, स्वास्थ्य सेवाको सुधार पनि हो । महिला सशक्तिकरण पनि हो । शिशु मृत्युदर घटाउने पनि हो । यस्ता सानातिना कुरामा ध्यान पुग्न सकेको छैन ।

    अहिले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धनले गर्दा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनु पर्ने व्यवस्था खुकुलो बन्यो । पितृसतात्मक समाजमा यदि कानुन नै नभए महिलाहरुले अधिकार नपाउने रहेछन् । कानुनमा छैन भने त महिलालाई कुनै पनि अधिकार दिइँदैन । अघिल्लो पटक स्थानीय तहमा महिला उपप्रमुख न्यायिक समितिको संयोजक पनि हुनुहुन्थ्यो । अहिले कतिपयमा महिला जनप्रतिनिधि नहुँदा महिलाको समस्या त्यहाँसम्म नजान पनि सक्छ । गठबन्धन भए पनि कानुन बनाउनेहरुले महिलाको सिट सुरक्षित कायम हुने अनिवार्य व्यवस्था गर्न ध्यान दिनुपर्छ ।इकान्तिपुरमा प्रकाशित भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑