वीरगंज । स्थानीय बजारमा पछिल्ला तीन दिनमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । साउन १ गते प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । मंगलबार तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साउन २ गते पनि सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १६० रुपयाँमा खरिद–बिक्री भएको चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।