वीरगंज । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४, गठ्ठाघरमा मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।
मोटरसाइकलमा सवार मध्यपुर थिमि–६, चपाचोका अन्दाजी २८ वर्षीय राजनकिसि श्रेष्ठ र मध्यपुर थिमि–५, दुईपोखरीका अन्दाजी २३ वर्षीय रमान मानन्धर घाइते भएका हुन् । श्रेष्ठको काठमाडौंको महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टर र मानन्धरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार घाइते दुवैले मदिरा सेवन गरेको खुल्न आएको छ । घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर छ । गए राति करिब साढे १ बजे वाग्मती प्रदेश ०२–०३१प ७२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बीचमा रहेको रेलिङमा ठोक्किएको थियो ।