वीरगंज । सशस्त्र प्रहरीले मधेश प्रदेशबाट ३ करोडभन्दा बढी अवैध रकम बरामद गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशका ८ वटा जिल्लास्थित गण र छिन्न मस्ता बाहिनीले स्रोत नखुलेको ३ करोड १५ लाख २६ हजार ४ सय ४० रुपैयाँ बरामद गरेको हो । छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै ८ नम्बर गण हे.क्वा. धनुषाले ९७ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
सबैभन्दा कम १२ नम्बर गण हे.क्वा. बाराले ६४ हजार १ सय रुपैयाँ मात्रै बरामद गरेको छ । १३ नम्बर गण हे.क्वा. पर्साले १२ लाख रुपैयाँ बरामद गर्दा ११ नम्बर गण हे.क्वा. रौतहटले ५८ लाख ८ हजार, १० नम्बर गण हे.क्वा. सर्लाहीले १८ लाख ७२ हजार ८ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) ठाडा मगरले बताए ।डिआईजी ठाडामगरका अनुसार ९ नम्बर गण हे.क्वा.महोत्तरीले ४४ लाख ४४ लाख २४ हजार ५ सय ६० रुपैयाँ, ७ नम्बर गण हे.क्वा. सिरहाले १४ लाख २८ हजार ७० रुपैयाँ, ६ नम्बर गण हे.क्वा. सप्तरीले २० लाख ७२ हजार ६ सय ९० र छिन्नमस्ता बाहिनीले ४९ लाख ५१ ह्जार ७ सय २० रुपैयाँ बरामद गरिएको हो ।
मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारती रुपैयाँ पनि बरामद गरेको छ । १७ लाख ५९ हजार ७ सय १ भारतीय रुपैया (भारु) बरामद गरिएको डिआईजी ठाडामगरले जानकारी दिए । उनका अनुसार पर्साबाट ६ लाख ६ हजार ५ सय १ रुपैयाँ, बाराबाट ३ लाख ५ हजार ६ सय ४० रुपैयाँ, सर्लाहीबाट ४७ हजार ५ सय ६० रुपैयाँ, महोत्तरी र धनुषाबाट ४/४ लाख गरेर जम्मा १७ लाख ५९ हजार ७ सय १ भारु बरामद गरिएको डिआईजी ठाडामगरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यात्रा डेलीबाट संभाल गरिएको