• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ९ मन्त्रीको नाम चर्चामा

  • वीरगंज संजाल
  • २४ असार २०७९, शुक्रबार १३:००
  • २४२५

    वीरगंज । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि अब सत्तारुढ कन्जरभेटिभ पार्टीमा नेतृत्वको चयन हुनेछ । नयाँ आउने नेतृत्व नै आगामी प्रधानमन्त्री हुनेछ । पछिल्लो निर्वाचनमा कन्जरभेटिभको बहुमत आएको र त्यस निर्वाचनबाट जितेर आएको सदनको समय नसकिएकाले बाँकी अवधि पनि कन्जरभेटिभ पार्टीकै नेताले सरकार चलाउनेछन् । आगामी अक्टोबरसम्ममा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चुनिनेछन् । अहिले यहाँ सो प्रतिस्पर्धामा उठ्ने सम्भावना रहेका र बलियो सम्भावना भएका नेताको चर्चा गरिएको छ ।

    लिज ट्रस
    जोनसन सरकारमा विदेश मन्त्री रहेकी ट्रस एक पटक चर्चित कन्जरभेटिब नेतृ मार्गेरेट थ्याचरको झल्को दिने फोटोका कारण चर्चामा आइन् । इरानको जेलबाट बन्दी रहेकी बिट्रिस नागरिक नजनिन जघारी–¥याट्क्लिफको रिहाई गराउन सफल भएपछि उनको चर्चा एक्कासी चुलियो ।

    त्यसबाहेक युक्रेनमाथि रुसी आक्रमणपछि उनको प्रयासले रुसी धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएर उनले आफू बलियो नेता भएको परिचय दिईन् ।
    कैयौं नयाँ सांसद उनलाई ‘असाधारण’ नेतृ मान्छन् तर उनलाई अस्थिर मान्ने सांसदको संख्या पनि त्यतिकै नै रहेको मानिन्छ । यस्तो भन्नेहरु उनमा नीतिप्रति अचम्मलाग्दो व्यग्रता र अनौठो खालको सार्वजनिक मन्तव्य भन्ने शैली रहेको बताउँछन् ।
    विगतमा युरोपेली संघमा रहनु पर्ने विचार राख्ने ट्रस पछिल्लो समय ब्रेक्जिट पक्षमा ढल्किएकी छन् । युरोपेली संघबाट छुट्टिने बेलामा संघसँग भएको नर्दन आयरल्याण्ड प्रोटोकलको केही बुदा उलघंन गरेर उनले युरोपेली संघविरोधी सहकर्मी नेताको विश्वास जितेकी छन् ।

    जेरेमी हन्ट
    विदेशमा विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हालिसकेका हन्ट यस अघिको नेतृत्व चयनको प्रतिस्पर्धामा जोनसनसँग पराजित भएका थिए । यही कारण उनी जोनसनको मन्त्रीमण्डलमा पनि गएनन् ।
    धेरै होहल्ला नगरी उनले पृष्ठभूमिमा रहेर वृद्ध राजनेताको भूमिका निभाए । पार्टीभित्रका मझधारका नेता मानिने हन्ट जोनसनको स्वभाव भन्दा उल्टो शान्त देखिन्छन्् । साथै उनको बारे जनतामा ध्रुविकृत विचार देखिदैन ।

    ऋषि सुनाक
    तुलनात्मक न्युन राजनीतिक अनुभवका बावजुद ऋषि सुनाकले अर्थ मन्त्रालय चलाउदाँ आफूलाई सम्भावित उत्तराधिकारीका रुपमा उठाउन सके । तर उनको परिवारको ‘कर प्रकरण’ बाहिरिएपछि उनको लोकप्रियता स्वात्तै घट्न पुग्यो ।
    महमारीकालमा सुनाकले कोभिड राहातमार्फत धेरै परिवार र व्यवसायलाई सघाए । त्यस कार्यक्रमले उनले धेरै प्रशंसा बटुले । तर पछिल्लो समय मंहगी वृद्धिविरुद्ध उचित कदम चाल्न नसकेकोमा उनको आलोचना भयो । उनको महंगो जीवनशैलीले पनि उनको राजनीतिक महत्वकाक्षलाई असर गर्ने ठानिन्छ ।
    पार्टीभित्र उनलाई समर्थन गर्ने धेरै छन् । तर केहीले भने सुनाक स्वयमलाई भन्दा उनको भित्री वृतले उनलाइ प्रधानमन्त्री बनाउने चाहिरहेको विश्लेषण गर्छन् । अर्थमन्त्रीबाट बाहिरिए पछि उनी क्यालिफोर्नियाको पुरानो जीवनमा फर्किने चर्चा पनि छ ।

    नधिम जहावी
    जोनसनको मन्त्रीपरिषदमा शिक्षा मन्त्री नधिम जहावीले यसअघि खोप मन्त्री रहदाँ पार्टी पक्तीलाई प्रभावित बनाउन सफल भए ।
    शिक्षाको सबालमा पनि उनले कन्जरभेटिब पार्टीले सामना गरिरहेको केही कठिन मुद्धालाई सुल्झाएपछि थप पार्टीपंत्तीमा लोकप्रिय भए ।
    बाल्यकालमा इराकबाट शरणार्थीको रुपमा बेलायत आएर पनि सफलताको उचाईमा पुगेको उनको संघर्षको कथाले धेरैलाई प्रभावित बनाउने गर्छ ।
    तर सुनाककोजस्तै उनको अहिलेको जीवनशैली भने महंगो रहेको छ जसले समस्या सिर्जना गर्नसक्छ । उनले विगतमा तेल तथा ग्यास कम्पनीसँग गरेको सम्झौताले विवादमा आएकाले त्यो पुन ब्युतिनेछ ।

    साजिद जाभिद
    सुनाकको जस्तै जाभिदको पनि कर काण्ड सार्बजनिक भएपछि उनको प्रतिष्ठामा धक्का लागेको छ । पूर्व बैंकर जाभिद जोनसनको सरकारमा स्वास्थ्य मन्त्री रहे । यसअघि उनले अर्थ मन्त्रलाय, सस्कृति मन्त्रालय, व्यापार मन्त्रालय र समुदाय मन्त्रालय लगायतको अनुभव लिईरहेका छन् । बस चालक पिताका छोरा जाभिद सामान्य परिवारमा हुर्किएका थिए ।

    टम टुगेन्डह्याट
    पूर्व सैनिक टुगेन्डह्याट कन्जरभेटिभ पार्टीको मध्यपन्थी माझ लोकप्रिय छन् । तर कुनै मन्त्रालयको अनुभव नभएको र छाया क्याबिनेटको समेत अनुभव नभएका व्यक्ति बेलायतमा प्रधानमन्त्री हुने सम्भावना न्युन हुन्छ ।
    तथापि उनलाई समर्थन गर्ने सांसदहरु जोनसनको सरकारमा नरहनु नै उनको एउटा गुण रहेको बताउछन् । आलोचकहरु उनको ध्यान घरेलु एजेन्डामा भन्दा विदेशी मामिलामा केन्द्रीत रहेकोमा चिन्ता व्यक्त गर्छन् ।

    पेन्नी मोरडोन्ट
    ब्रेक्जिट पक्षधर भएकाले पूर्व रक्षामन्त्री मोरडोन्ट उनलाई जोनसनको मन्त्रीमण्डलमा स्वागत गरिएको थियो । तर पछि उनले जेरेमी हन्टको समर्थन गर्न थालेपछि उनलाई धोकेबाजको रुपमा प्रस्तुत गरियो ।
    लकडाउनको समयमा जोनसनले पार्टी गरेको विषयमा प्रधानमन्त्री जोनसनलाई स्पष्ट भाषामा विरोध गर्ने मन्त्री थिइन्, पेन्नी । अहिले उनी आफै प्रधानमन्त्रीको तयारी गरिरहेको जस्तो देखिन्छ ।

    बेन बालेस
    वर्तमान क्याबिनेटका रक्षा मन्त्री वेन वालेसले युक्रेनको युद्धमा कुसलतापूर्वक कदम चालेकोमा ब्रिटिस राजनीति र विशेष कन्जरभेटिभमा राम्रो छवि बनाए ।
    विगतमा त्यति ठूलो सार्वजनिक छवि नबनाएका भए पनि अहिले उनले त्यसको भरपाई गरिरहेकाले प्रधानमन्त्रीको लागि उमेद्वारी दिनसक्ने चर्चा छ ।

    माईकल गोभ
    गोभले प्रधानमन्त्रीको उमेद्वारी नदिने बताएका भए पनि उनको उमेद्वारीलाई खारेज गर्न सकिँदैन । उनी सर्वसाधरणमाझ त्यति लोकप्रिय त छैनन्, तर कैयौँ कन्जरभेटिभ सांसद उनलाई सबैभन्दा अनुभवी र कुशल वक्ता मान्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑