वीरगंज । अदालतबाट कैद र जरिवाना असुल बाँकी रहेका लामो समयदेखि फरार रहँदै आएको एक जनालाई अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
चोरी गरेको आरोपमा अदालतबाट कैद र जरिवाना असुल बाँकी रहेका लामो समयदेखि फरार रहँदै आएको एकजना पर्सा जिल्ला चोर्नी वडा नम्बर ३ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी २६ वर्षीय कृष्णाराम भनिनेलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिल्लीराज सापकोटाको नेतृत्वमा खटिएको विशेष टोलीले कृष्णारामलाई बुधबार पक्राउ गरेको हो । कृष्णारामलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर सापकोटाको नेतृत्वमा रहेको टोलीले आज उनलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद् कार्कीले बताए ।