वीरगंज । त्रिभुवन हनुमान बिधालय वीरगञ्जमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाको रोहबरमा मंगलवार जुनियर रेडक्रस सर्कल एवं बाल क्लब गठन गरिएको छ ।
त्रिभुवन हनुमान बिधालयका प्रधानाध्यापक घनश्याम मिश्रको अध्यक्षता एवं अतिथी नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका सचिव लालबाबु सिंह, बिधालयका शिक्षक निरन्जन सिंह, राजिव सिंह, कविता फुयाल, शिक्षक एवं नेपाल रेडक्रस सोसाइटी पर्साका सहमन्त्री साबिर एहमद एराज लगायत बसेको शिक्षक बिद्यार्थीहरुको बैठकले जुनियर रेडक्रस सर्कल गठन गरिएको हो ।
बैठकले जुनियर रेडक्रस सर्कलको अध्यक्षमा नन्दनी श्रीवास्तव, उपाध्यक्षमा पप्पु पासवान, सचीवमा निरन्जन महतो, कोषाध्यक्षमा जैनव खातुन, सहसचिवमा पिन्की चौरसिया, सदस्यहरुमा कृष्ण मोहन राम, अन्कित गुप्ता, चान्दनी कुमारी राम, दर्शन साह कानु, रानी खातुन, रन्जिता पटेल, अन्श कुमार पटेल, सन्देश मुखिया गरि १३ सदस्यीय जुनियर रेडक्रस सर्कलको गठन गरेको हो । सो सर्कलको संरक्षकमा बिधालय का प्र अ घनश्याम मिश्र, शिक्षक नायक मा निरन्जन सिंह र सहशिक्षक नायकमा राजिव सिंह चुनिएका छ्न ।