बिरगंज।रामजी यादव । बाबा बी फिल्मस प्रोडक्सन पर्साले हाम्रो समाजमा बढेको बिकृती,बिसंगती र दहेज कुप्रथासंगको घटीत घटनाको आधारमा फिल्मको निर्माण गरिएको छ।
बाबा बी फिल्मस प्रोडक्सन पर्साले पहिला देखिनै हाम्रो समाजमा सुधार होस् भन्ने उदेश्यले संदेश मुलक भोजपुरी अडियो तथा भिडियो प्रस्तुत गरिसकेको बताइएको छ।बाबा बी फिल्मस प्रोडक्सन द्वारा निर्मित फिल्म “जुल्फी दहेज”हाम्रो समाजमा भएको बिकृती, बिसंगती र दहेज कुप्रथा बिकारलाई अन्त्य गर्ने बिश्वासका साथ फिल्म निर्माण गरिएको हो।बाबा बी फिल्मस प्रोडक्सन पर्सा द्वारा निर्मित फिल्म “जुल्मी दहेज”को निर्माणको लागि चार जनाको सामुहिक लागत खर्च अठार लाख पचासी हजार राशीफल रहेको फिल्मका लेखक तथा गितकार कृष्णा हमराहीले बि.पी .सी स्कुल बीरगंजमा पत्रकार समेलन गराई जानकारी गराउनु भएको हो।
बाबा बी फिल्मस प्रोडक्सन पर्साका द्वारा निर्मित संदेश तथा उपदेश मुलक भोजपुरी फिल्मस “जुल्फी दहेज”मा अभिनय गर्ने कलाकार पर्सा बारा र रौटहट भित्रका स्थानीय कलाकारहरुलाई समाबेश गरिएको कैमरामैन तथा फिल्म निर्देशक कृष्णा पंडीतले बताउनु भयो। बाबा बी फिल्मस प्रोडक्सन पर्सा द्वारा निर्मित फिल्म “जुल्फी दहेज”फिल्ममा अभिनय गरेका मुख्य कलाकारहरुमा अभिनेतामा मुन्ना मुस्कान,अभिनेत्री श्रुती सहनी,सह-अभिनेत्री स्नेहा चौधरी, पत्रकार संतोष कुमार,अभिनेत्रीका बुवा ज्ञानेन्द्र कुमार सिंह, अभिनेत्रीको आमा नेहा यादव, अभिनेत्रीको भाई नितेश निर्मल,अभिनेताको बुवा भागीरथ साह, अभिनेताको आमा संगीता तिवारी, अभिनेताको बहिनी सिम्रन कुमारी,मुख्य बिलेनमा मुखलाल प्र.साह,पंडीत सुरेन्द्र यादव,स्क्रीप्ट राइटर कृष्णा हमराही,फिल्मका प्रोडुशर भुवन पंडीत,संगीतकार मुन्ना मुस्कान पंडीत,मैनेजिङग डाईरेक्टर ज्ञानेन्द्र कुमार सिंह,फिल्म निर्देशक कृष्णा पंडीत लगायत अन्य कलाकारहरु रहेका छन।
बाबा बी फिल्मस प्रोडक्सन पर्साले निर्माण गरेको फिल्म “जुल्मी दहेज” असाढ पचीस गते त्रिमूर्ति हल बीरगंजमा रिलीज हुने फिल्म निर्देशक कृष्णा पिडीतले जानकारी दिनु भयो।बाबा भी फिल्मस प्रोडक्सनमा अभिनय गरेका मुख्य कलाकारहरुले फिल्ममा समाबेश गरिएको मुख्य कहानीको बारेमा पत्रकार समेलन गराई जानकारी गराउनु भएको थियो सो कार्यक्रममा बाबा बी फिल्मस प्रोडक्सन पर्साका कलाकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो।