वीरगंज । भारतीय फेसन डिजाइनर प्रत्युषा गरिमेलाको शंकास्पद मृत्यु भएको छ। ३५ वर्षिया प्रत्युषा तेलङ्गानास्थित बन्जारा हिल्समा आफ्नै घरकाे बाथरुममा मृत अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
प्रहरीका अनुसार उनले मृत्यु हुनुभन्दा अगाडि कार्बन मोनोअक्साइड सुँघेकी थिइन्। उनको कोठाबाट कार्बन मोनोअक्साइडको सिलिन्डर पनि बरामद भएको छ। उनी डिप्रेेसनमा रहेको र मृत्युअघि लेखिएको नोटमा उनले निकै एक्लो महसुस गरिरहेको उल्लेख गरेकी थिइन्।
अमेरिकाबाट फेसन डिजाइनिङको अध्ययन गरेकी प्रत्युषाले हैदराबादबाट फेसन डिजाइनरका रुपमा करियर सुरु गरेकी हुन्। उनले माधुरी दिक्षित, रबिना टण्डन, काजोल, परिणिती चोपडालगायत थुप्रै अभिनेत्रीहरुका लागि ड्रेस डिजाइन गरिसकेकी छन्।