वीरगंज । बंगलादेशको बागेरहाट मे चितलमडी उपजिल्लामा मुसलमानको एक समूहलले एक हिन्दु परिवारको घरमा तोडफोड गरेका छन् । बंगलादेशको अखबार ढाका ट्रिव्यूनका अनुसार यो घरमा बस्ने दिपकले विजेपीका पूर्व प्रवक्ताले पैगम्बर मोहम्मद माथि टिप्पणी गरेको विषयमा केही मानिससँग विवाद गरेका थिए।
बागेरहाट प्रहरीका अनुसार ३३ वर्ष दिपक चिंगारी गाउँकै बासिन्दा हुन्। उनको घरमा आइतबार दिउँसो २ बजे एक समूह छिरेर घरमा तोडफोड शुरु भएको थियो। समूहको आक्रमणबाट उनी र उनको परिवार जोगिएर टाढा भाग्न सफल भयो।
घटना पछि प्रहरीले दिपकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार एक साता पहिला दिपकले केही स्थानीय मुसलमानहरुसँग बहश गरेका थिए। हमला गर्ने मानिसहरु छिमेकी जिल्लाबाट आएको बताइएको छ।