वीरगंज । भारतका पहलवान गामा पहलवान ‘द ग्रेट गामा’ र ‘रुस्तम ए हिंद ’ नामबाट पनि चिनिन्छन्। गामा आफ्नो जीवनको ५० वर्ष कुस्ती खेले र धेरै प्रतियोगिता जितेका थिए। उनीले आफ्नो जीवनको अन्तिम समय धेरै अपठ्यारोमा पनि बिताए ।
गामा पहलवानको खास नाम गुलाम मोहम्मद बख्श बट हो। उनको जन्म २२ मे १८७८ मा अमृतसरस्थित जब्बोवाल गाउँमा भएको थियो । उनको ५ फिट ७ इन्च उचाइ रहेको थियो भने ११३ किलो तौल रहेको थियो।
कुस्तीमा रुचिका कारण उनले सानैदेखि पहलवानको सपना देखेका थिए । सानै उमेरदेखि उनीले कुस्तीमा अभ्यास गरेका थिए। सन् १९१०मा उनी आफ्नो भाइसंग अन्तर्राष्ट्रिय कुस्ती च्याम्पियनका लागि इग्यल्यान्ड गएका थिए । उचाइका कारण उनलाई सो प्रतियोगितमा समावेश गराइएन। त्यसपश्चात उनले सबै पहलवानलाई खुला चुनौती दिएर ३० मिनेटमा नै सबै पहलावानलाई हराउने बताएका थिए। तर उनको चुनौती कसैले पनि स्विकारेनन् ।