बिरगंज । सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्यालीको आयोजना गरेका छन् । निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्याली गरिएको हो ।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ । शनिबार नै सर्वोच्च अदालतको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।
यसै गरि टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ । आज शनिबार रिपोर्र्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै खुशीयाली साटेको हो ।
वन तथा वातावरणमात्रै नभएर टाँगियावासीको बसोबासको भविष्य पनि सुनिश्चित् भएको भन्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन अदालतले दिएको आदेशप्रति समाजले खुशी व्यक्त गरेको हो ।कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरुले अघि सारेको माग र आवाज आज आएर पूरा भएको भन्दै खुशी व्यक्त गरे ।
उनले पनि अदालतको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको टिप्पणी गरे ।