विराटनगर,१३ जेठ । प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१७ घर भई धरान उप-महानगरपालिका-३ का ३१ वर्षीय मोहम्मद कासीमलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।
उनका अनुसार कासीमले सामाजिक सञ्जालमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरंग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोप छ । यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।