भारत । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।
यो कदमबाट घरेलु बजारमा चिनीको उपलब्धतामा सुधार तथा मूल्यवृद्धि नियन्त्रणको अपेक्षा गरिएको छ ।‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई लाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।
यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।यद्यपि ‘सीएक्सएल’ र ‘टीआरक्यू’ मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ ।केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो ।