• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार २०:३१
  • २३१३

    टोक्यो । एकदिन अघि मात्र ताइवानी विषयलाई लिएर चीनलाई चेतावनी दिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना प्रमुख एसियाली गठबन्धनलाई सम्बोधन गर्ने क्रममा युक्रेनमाथि भएको रुसी आक्रमणका कारण विश्वले साझा इतिहासमा अँध्यारो पलको महशुस गरिरहेको बताएका छन् । उनले भनेका छन्, “यो युद्ध अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रतिरक्षा गर्नु महत्त्वपूर्ण छ भन्ने जोड दिने विश्वव्यापी विषय भइसकेको छ ।”

    यसैगरी, बाइडेनको टिप्पणीलाई प्रतिध्वनित गर्दै जापानका प्रधानमन्त्री फुमिओ किसिदाले यस्तै प्रकारको कुनै पनि आक्रमण एसियामा हुनु नहुने बताए। राष्ट्रपतिको हैसियतले पहिलोपटक एसियाको भ्रमण गर्ने क्रममा जापानको राजधानी टोक्यो पुगेका बाइडेन जापान, अस्ट्रेलिया र भारतका नेताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । यी चार मुलुक सम्मिलित समूह ‘क्वाड’ ले यस क्षेत्रमा चीनको बढ्दो प्रभाव र युक्रेनमा भएको रुसी आक्रमणमाथिको मतभेदलगायत सुरक्षा तथा आर्थिक चासोका विषयमा छलफल गरिहेको छ ।

    अघिल्लो दिन मात्र बाइडेनले अमेरिकाको विगतका भन्दा अलि फरक शैलीले अभिव्यक्ति दिँदै यदि चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । बाइडेनले अमेरिकाले विश्वका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय व्यवस्था र सार्वभौमको रक्षाका लागि आफ्नो गठबन्धनसँग मिलेर आवाज उठाउने तथा हिन्द–प्रशान्त क्षेत्रमा बलियो र चिरस्थायी साझेदारी कायमै राख्ने वचन दिएका छन् ।

    उक्त बैठकपछि प्रधानमन्त्री किसिदाले भारतलगायत समूहका चारैवटा मुलुकले नियम कानुन, सार्वभौम र क्षेत्रीय एकताको महत्त्वबारे सहमति जनाउनुका साथै जबर्जस्ती यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासहरू नसहने बताएको पत्रकारहरूलाई जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑