• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो उच्च रक्तचाप? कसरी जोगिने?

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७९, मंगलवार १२:१५
  • २९६९

    वीरगंज । विश्व समुदायको परिवेश बदलिएको छ। कुनै समय सरुवा रोगको संक्रमणले धेरै मान्छेले ज्यान गुमाउनु परेको थियो। अहिले सरुवा रोगका चुनौतीहरू कम भएका छन्। अहिले विश्व समुदायमा नसर्ने रोगहरू ठूलो संख्यामा हुने मृत्युको कारण बनेका छन्। मुटुसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलासम्बन्धी र स्वासप्रश्वास सम्बन्धी रोगहरूले जटिलता पैदा गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष करिब ६ करोड मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ। यो संख्या विश्वमा हुने मृत्युको ७१ प्रतिशत हो। निम्न तथा मध्यम आय हुने देशहरूमा नसर्ने रोगबाट हुने मृत्यु दर कुल मृत्युको ७७ प्रतिशत छ।

    नसर्ने धेरै रोगमध्ये अकाल मृत्युको प्रमुख कारण बनेको छ उच्च रक्तचाप। यसको रोकथामको निमित्त ‘इन्टरनेसनल सोसाइटी अफ हाइपरटेन्सन’ ले सन् २०१७ देखि मे महिनालाई ‘मेजरमेन्ट मन्थ’ मानेर हरेक वर्ष सयभन्दा बढी देशहरूमा मे १ देखि ३१ सम्म रक्तचाप जाँचका साथ जनचेतनामूलक कार्यक्रम चलाउने गरेको छ। मे १७ मा ‘विश्व रक्तचाप दिवस’ मनाइन्छ।

    के हो त उच्च रक्तचाप?
    रक्तचाप भनेको मुटु खुम्चँदा र फैलँदा रक्त नलीको भित्तामा पर्ने दबाब हो। सामान्यतया रक्तचाप मिलिमिटर अफ मर्करी (एमएमएचजी) मा नापिन्छ। मुटु खुम्चँदाको रक्तचाप ‘सिस्टोलिक रक्तचाप (एसबिपी)’ र मुटु फैलँदाको रक्तचाप ‘डायस्टोलिक रक्तचाप (डिबिपी)’ भनिन्छ।

    सामान्य अर्थमा हामी आफ्नो शरीरभित्रका रक्तनलीलाई पानी बग्ने पाइपसँग दाँज्न सक्छौं। पानीले पाइपमा दिने चाप जस्तै हाम्रो रगतले रक्तनलीमा दिने चाप नै रक्तचाप हो। पाइपमा बग्ने पानी उत्तिकै छ तर पाइप विभिन्न कारणले साँघुरो हुन पुग्यो भने पानीले पाइपमा दिने चाप बढ्छ। पानीको पाइपजस्तै उमेरको असर, खानपिन, जीवनशैली, वातावरण र वंशानुगत कारणहरूले रक्तनली साँघुरो बनाइदिन्छन् र रगतले रक्तनलीमा दिने चाप बढ्छ। यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी) हो जसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुन सक्छ।

    सामन्यतया वयस्क–स्वस्थ मानिसको औसत रक्तचाप १२०/८० एमएमएचजी हुन्छ। यो रक्तचाप बढेर १४०/९० एमएमएचजी भए उच्च रक्तचाप भएको भन्न सकिन्छ। एक पटक रक्तचाप उच्च देखिँदैमा उच्च रक्तचाप भन्न मिल्दैन। आराम गरेर कम्तीमा तीन पटक नाप्दा पनि उच्च देखिएमा उच्च रक्तचाप भएको भन्न सकिन्छ। रक्तचाप जाँच्दा १५ मिनेट आरामले बसेको, ३० घण्टाअघिसम्म धूमपान नगरेको, भिडभाड नभएको, पिसाब नलागेको हुनुपर्छ। अरू कुनै रोग नभएको व्यक्तिमा रक्तचाप १६०/१०० एमएमएचजीसम्म भएमा केही हप्ता हेर्नु पर्छ। यस अवधिमा रक्तचाप १४०/९० एमएमएचजीभन्दा माथि नै रहिरहेमा औषधि सुरु गर्नु पर्छ।

    विश्व र नेपालमा उच्च रक्तचापको अवस्था
    विश्व र नेपालमा पनि धेरै जसो दीर्घ रोगमध्ये उच्च रक्तचाप ठूलो स्वास्थ्य चुनौती तथा अहिलेको विश्वमा अकाल मृत्युको प्रमुख कारण बनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३० देखि ७९ वर्ष उमेर समूहमा एक अर्ब २८ करोड मानिसलाई उच्च रक्तचापको समस्या छ।

    यसमध्ये दुई तिहाई उच्च रक्तचापको समस्या मध्यम तथा निम्न आय हुने देशहरूमा व्याप्त छ। महिलामा हरेक पाँच जनामा एक जना र पुरुषमा हरेक चार जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा थाहा भएका उच्च रक्तचापका बिमारीमध्ये २० देखि २५ प्रतिशतले मात्र उपचार प्राप्त गर्छन्। उपचार पाएका मध्ये १४ प्रतिशतको मात्र नियन्त्रण भएको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा मुटुसम्बन्धी रोगको कारणले करिब १ करोड ७० लाख मानिसले ज्यान गुमाउने गरेका छन्। यसमा उच्च रक्तचापले मात्रै ९४ लाख जनाको ज्यान जाने गरेको छ। हृदयरोगले मृत्यु हुनेमध्ये ४५ प्रतिशतको मृत्युको कारण उच्च रक्तचाप हो। पक्षाघातबाट हुने ५१ प्रतिशत मृत्युको लागि उच्च रक्तचाप जिम्मेवार छ।

    नेपालमा उच्च रक्तचापको प्रकोप
    नेपालमा उच्च रक्तचापको व्यापकता सहरी क्षेत्रमा २९.८ प्रतिशत, उपनगरीय क्षेत्रमा २५.५ प्रतिशत, ग्रामीण क्षेत्रमा २४.४ प्रतिशत छ। विश्वमा उच्च रक्तचापका कारण दैनिक २८ हजार मानिसको मृत्यु हुन्छ। यसरी उच्च रक्तचाप समाज, राष्ट्र र विश्व समुदायको सामाजिक, आर्थिक र भौतिक उन्नतिको बाधक बनेको छ। बेलैमा सावधानी अपनाएमा उच्च रक्तचापबाट बच्न सकिन्छ र यसबाट हुने मृत्यु पनि रोक्न सकिन्छ।

    उच्च रक्तचापका कारणहरू
    उच्च रक्तचाप भएका ९० प्रतिशत मानिसमा कुनै पनि निश्चित कारण हुँदैन। जोखिमका कारकहरू भने उच्च रक्तचापसँग सम्बन्धित हुन सक्छन्। उच्च रक्तचाप भएका १० प्रतिशत व्यक्तिलाई मिर्गौलासम्बन्धी र हर्मोनसम्बन्धी रोग हुन सक्छ।

    उच्च रक्तचापको जोखिम
    धूमपान गर्ने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने व्यक्तिहरू उच्च रक्तचापको जोखिममा हुन्छन्। मधुमेह र मिर्गौलाको समस्या भएका व्यक्तिहरू पनि उच्च जोखिममा हुन्छन्। गर्भवती महिलाहरू जोखिममा हुन्छन्। अत्यधिक मात्रामा नुन, बोसो तथा चिल्लो पदार्थ सेवन गर्ने, मदिरा सेवन गर्ने, नियमितरूपमा गर्भनिरोधक चक्की सेवन गर्ने तथा हरियो सागसब्जी र फलफूल कम खाने व्यक्तिहरू उच्च रक्तचापको जोखिममा हुन्छन्। बुढ्यौली, उच्च मानसिक तनाव र उच्च रक्तचाप भएको पारिवारिक पृष्ठभूमिका व्यक्तिहरू पनि जोखिममा हुन्छन्।

    उच्च रक्तचापका लक्षण
    उच्च रक्तचाप भएका धेरै व्यक्तिमा केही पनि लक्षण देखिँदैन। यसकारण उच्च रक्तचाप सुषुप्त हत्यारा अर्थात साइलेन्ट किलर मानिन्छ। धेरैजसो मानिस आफ्नो रक्तचाप बढेको चाल नै पाउँदैनन्। यस्ता व्यक्तिहरू मिर्गौला फेल हुने, हृदयाघात हुने, पक्षाघात हुने, रक्तनली फुट्ने, अन्धो हुने, अंगभंग हुने, हातखुट्टा नचल्ने समस्या लिएर अस्पताल आउँछन्। केही व्यक्तिमा टाउको दुख्ने, रिँगटा लाग्ने, आँखा धमिलो हुने, झुम्म हुने, थकान हुने, आलस्य हुने, नाकबाट अकस्मात रगत बग्ने, मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुने, खुट्टा सुनिने जस्ता लक्षणहरू पनि देखिन सक्छन्।

    समस्याको प्रारम्भिक पहिचान
    वयस्क व्यक्ति हरेकले कम्तीमा पनि छ महिनामा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउनु पर्छ। यसो गरेर भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ। उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्छ।

    उच्च रक्तचापका जटिलता
    उच्च रक्तचाप नियन्त्रण नगरे हृदयाघात, पक्षाघात, आँखाको दृष्टि ह्रास, मिर्गौला फेल, डिमेन्सिया, नपुंसकता, हड्डी क्षय जस्ता जटिलताहरू देखिन सक्छन्। अनियन्त्रित रक्तचाप एक सुषुप्त हत्यारा हो। प्रारम्भिक निदान र उचित उपचारले प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।

    उच्च रक्तचाप नियन्त्रणका उपाय
    औषधि उपचार तथा उचित जीवनशैली नै उच्च रक्तचाप व्यवस्थापन गर्ने मुख्य तरिका हो। आधुनिक विज्ञानमा उच्च रक्तचापका सुरक्षित औषधीहरू पाइन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कुनै अर्को रोगबाट बिरामी नभएको अवस्थामा सिस्टोलिक रक्तचाप १४० एमएमचजी र डास्टोलिक रक्तचाप ९० एमएमएचजी वा बढी भए औषधिको सेवन गर्नु पर्छ। यस्तै, पहिलेदेखि नै मुटुसम्बन्धी रोग भएको वा हुने जोखिम भएमा, मधुमेह भएमा, मिर्गौला सम्बन्धी रोग भएमा सिस्टोलिक रक्तचाप १३०–१३९ एमएमएचजी वा सोभन्दा बढी भएमा औषधि सेवन गर्नुपर्छ।

    जीवनशैली परिवर्तन
    रक्तचाप नियन्त्रणमा राख्न मानसिक तनाव व्यवस्थापनसहित स्वस्थ जीवनशैली अपनाउनु पर्छ। योग र ध्यान गर्नु पर्छ। आफूलाई मन पर्ने मनोरञ्जनमा सहभागी हुनुपर्छ। यस प्रकारको जीवनशैलीले उच्च रक्तचाप व्यवस्थापनमा सहयोग गर्छ र उच्च रक्तचाप नभएकालाई हुनबाट जोगाउँछ।

    नुन उपभोग घटाउने
    रक्तचाप नियन्त्रण गर्न खानामा नुनको मात्रा घटाउनु पर्छ। उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ। नेपालमा सालाखाला एक व्यक्तिले दैनिक १०–१५ ग्राम नुन उपभोग गर्छ। उच्च रक्तचाप नियन्त्रण गर्न दिनमा पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन। नुन घटाउन केही अभ्यासहरू गर्न सकिन्छ, जस्तै– खाना पकाउँदा नुन कम राख्ने; नुन थपेर नखाने; बट्टाका तयारी खाद्य पदार्थ नखाने; नुनिलो बदाम, आलु चिप्स, नम्किन, बिस्कुट, चिज, बटर आदि नखाने। स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्न सकिन्छ।

    शरीरको तौल घटाउने
    धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकताभन्दा बढी हुन्छ। तौल घटाउनासाथ रक्तचाप पनि घट्छ। तौल घटाउने विभिन्न उपाय छन्। तौल घटाउने मुख्य उपाय खाद्य पदार्थबाट लिने क्यालोरी (शक्ति) भन्दा कामबाट खर्च गर्ने क्यालोरी बढी हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित छ। अर्थात खाएर जम्मा हुने शक्तिभन्दा खर्च हुने शक्ति बढी हुनु पर्छ। जंक फुड पूर्णरूपमा बन्द गर्नु पर्छ।

    योग अभ्यास र ध्यान
    मन–मस्तिष्क शान्त रहे रक्तचाप नियन्त्रणमा रहन्छ। योग अभ्यासबाट मन र मस्तिष्क शान्त पार्न सकिन्छ। स्वास्थ्य भनेकै शरीर र मस्तिष्कबीचको शान्तिपूर्ण सहअस्तित्व हो। उच्च रक्तचापले यस्तो शान्तिपूर्ण सहअस्तित्व खलबल्याउँछ। यस्तो खलबली ठिक पार्ने तन्त्रयोगका चार खुड्किलामध्ये प्रथम खुट्किलो हठयोग अर्थात आसन हो भने अन्तिम अर्थात चौथो खुट्किलो राजयोग हो। ध्यानको एक माध्यम हो राजयोग। राजयोग उच्च रक्तचाप घटाउने अत्यन्त प्रभावकारी उपाय हो। यस प्रकार तन्त्रयोगले हठयोग र राजयोगजस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्क शान्त बनाई उच्च रक्तचाप तथा मुटुका अन्य रोगको उपचारमा सहयोग पु¥याउँछ। मुटु रक्षाका लागि प्रतिकारात्मक र उपचारात्मक दुवै पद्धतिमा यसको महत्व छ।

    नियमित व्यायाम
    व्यायामले रक्तचाप घटाउन मद्दत गर्छ। हिँड्ने, बिस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायाम गर्नु पर्छ। यस्ता व्यायाम नियमित गर्ने बानी बसाल्नुपर्छ। कम्तीमा चार किलोमिटर प्रतिघण्टाको दरले दैनिक एक घन्टा हिँड्नु सबैभन्दा सजिलो र प्रभावशाली व्यायाम हो। हिँड्दा शरीरलाई असजिलो हुनु हुँदैन। छाती दुख्ने र दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन। रफ्तार बिस्तारै बढाउँदै जानुपर्छ।

    पर्याप्त मात्रामा सुत्ने
    सामान्यतया मानिस दैनिक कम्तीमा सात घण्टा सुत्नु पर्छ। सुत्नुभन्दा एक घण्टाअघिदेखि मोबाइल चलाउन र टेलिभिजन हेर्न बन्द गर्नु पर्छ। सकारात्मक विचार दिने किताब पढेर सुत्नु राम्रो हुन्छ। ओछ्यान राम्ररी मिलेको र सफा हुनुपर्छ। तपाईंको स्वास्थ्य तपाईंको निद्रासँग प्रत्यक्ष सम्बन्धित छ।

    खानपिनमा ध्यान
    उच्च रक्तचाप भएका व्यक्तिले दैनिक खानपिनमा विशेष ध्यान पुर्‍याउनु पर्छ। खानामा नुन, चिनी, घिउ, तेलको मात्रा कम हुनु पर्छ। पोटासियमयुक्त केरा, हरियो सागसब्जी, फलफूल पर्याप्त मात्रामा खानु पर्छ।

    समयमै सावधानी
    तपाईंलाई उच्च रक्तचापको समस्या देखिएमा डाक्टरको सल्लाह बमोजिम उपयुक्त औषधि नियमित सेवन गर्नु पर्छ। औषधि सेवन गर्नु पर्ने अवस्थामा नपुग्नु नै बुद्धिमानी हुनेछ। समयमै स्वस्थ जीवनशैली अपनाउनु पहिलो उपचार हो।

    आफ्नो खानपिन र जीवनशैलीमा ध्यान दिनु भयो भने मात्रै भविष्यमा रक्तचापको रोगी हुनु पर्ने छैन र खुसीका साथ स्वस्थ जीवन जिउनु हुनेछ। त्यसैले समयमै सावधानी अपनाऔं र उच्च रक्तचापबाट बचौं। (प्राध्यापक सञ्जीव कुमार शर्मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्टरनल मेडिसिन विभाग प्रमुख हुन्)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑