वीरगंज – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सोमबार कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स भिड्दै छन् ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा कोलकत्ता र राजस्थान भिड्नेछन्।
कोलकत्ता चौथो जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा कोलकत्ता दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । राजस्थान भने मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भयो । ९ खेलमध्ये ६ मा जित निकालेको राजस्थान १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
९ मध्ये ३ खेलमा जित निकालेको कोलकत्ता भने ६ अंकसहित तालिकाको ८औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १२ : ०० बजे