रुसको रक्षा मन्त्रालयले युक्रेनको मरिउपोलमा आइतवार युक्रेनी सैनिकहरूलाई आत्मसमर्पण गराउनका लागि विभिन्न गतिविधि गरिएको जानकारी दिएको छ ।
स्थानीय समयअनुसार, बिहान ५ बजेदेखि रुसी र युक्रेनी पक्षबीच सूचना आदानप्रदान भइरहेको छ ।
बिहान साढे ५ बजेदेखि आजोभस्टाल कारखानामा रहेका नवानाजी तथा विदेशी सैनिक र रुसी तथा डोनेत्स्क जनगणतन्त्रका सैनिकहरूले मौन अवधि शुरू गरेका छन् ।
बिहान ६ बजे दुवै पक्षले झण्डा उठाएर मौन अवधिको आरम्भ गरेका हुन् । रुसी पक्षले रातो र युक्रेनी पक्षले सेतो झण्डा उठाएर आजोभस्टालको प्रांगणमा मौनता कायम गर्नेछन्
बिहान ६ बजेदेखि अपराह्न १ बजेसम्म युक्रेनी सेना र विदेशी सैनिकहरू बाहेक अन्य सबै हातहतियार छोडेर आजोभस्टालबाट निस्कनेछन् ।
नवनाजीहरूले मानवढाल बनाएका सर्वसाधारणलाई बचाउनका लागि रुसले यो विकल्प दिएको हो । यसलाई नमानी युक्रेनीहरूले युद्ध जारी राख्न चाहेमा रुसले अन्तिम कारवाही गर्ने बताइएको छ ।