काठमाडौं। चीनमा हिजो (आइतबार) १ हजार १ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशको राष्ट्रिय स्वास्थ्य केन्द्रका अनुसार त्यसअघि शनिबार १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका थिए ।
हिजो आइतबार थपिएकामध्ये १ हजार १ सय ६४ जना स्थानीयरुपमै संक्रमित भएका व्यक्तिहरु हुन् । शनिबार १ हजार ३ सय १८ जना स्थानीयरुपमै संक्रमित व्यक्ति थिए ।
चीनमा यसरी लक्षण नदेखिएका सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ११ पुगेको छ । त्यहाँ नयाँ मृतकहरु भने देखिएका छैनन् । पहिलेका मृतकको संख्या ४ हजार ६ सय ३८ रहेको छ ।
अप्रिल १० अर्थात हिजोसम्मको तथ्यांक अनुसार चीनमा १ लाख ६५ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।