वीरगन्ज । मिति २०७८।०९।२४ गते अं. ०९:३० बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा वीरगञ्ज महानगरपालिका वडा नं १६ घर भई
वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वामा डेरा गरी बस्ने सरोज महतो कुश्वाहाको छोरी करिब १० वर्ष की रिजवाना महतोको टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको
आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने मोती पटेल भन्ने मोतीलाल प्रसाद कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना घटाएको देखिएकोले निजलाई यस कार्यालयबाट खटिएको टोलीले
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट मिति २०७८।१०।०२ गते पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।