राष्ट्रियसभाका १९ सदस्यका लागि सातै प्रदेशमा मतदान सकिएको छ।मधेश प्रदेशमा बाहेक अन्य ६ प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सकिएको हो।
मधेश प्रदेशमा जनमत पार्टीको प्रदर्शनले हिंसात्मक झडप समेत भयो। यता बागमती प्रदेशमा एकजना सांसदले मतदानस्थलमै मतदान अधिकृतमाथि हातपात प्रयास गरेका छन्।
अहिले सबै प्रदेशमा मतदान सकिएर मतगणना पनि सुरु भइसकेको छ। यो निर्वाचनको परिणाम बुधबार नै सार्वजनिक गर्ने तयारी छ।
प्रदेश २ मा एमाले र लोकतान्त्रिक समाजवादीले गठबन्धन गरेका छन्। सबै प्रदेशमा पाँच दलीय गठबन्धनले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन्।
यस्तो अवस्थामा १९ सिटमै गठबन्धनले जित्ने सम्भावना बलियो छ। मतदानका क्रममा सबै प्रदेशमा केही मतदाता सहभागी भएनन्।
प्रदेश १
प्रदेश सांसद : ९२ जना
खसेको मत : ९१ जना (एमाले संसद गुलेफुन खातुनले मत हालिनन्)
स्थानीय प्रतिनिधि : २७२
खसेको मत : २७० (विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की बिरामी, झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ छोरीको बिहेमा व्यस्त)
मधेश प्रदेश (जम्मा मतदाता ३७२ मध्ये ३६६ मत खस्यो)
प्रदेश सांसद : १०४ जना
खसेको मत : १०२ जना
स्थानीय प्रतिनिधि : २६८ जना
खसेको मत : २६४ जना
बागमती प्रदेश
प्रदेश सांसद : १०९ जना
खसेको मत : १०६ जना (३ जना विवेकशीलका सांसदहरुले मत हालेनन्)
स्थानीय प्रतिनिधि : २३७
खसेको मत : २३७
गण्डकी प्रदेश (जम्मा २२९ मतदातामा २२७ मत खस्यो)
प्रदेश सांसद : ५९ जना
खसेको मत : ५९
स्थानीय प्रतिनिधि : ८५ स्थानीय तहका १७० जना
खसेको मत : १६८ (बेनी नगरपालिका उपमेयर सञ्जु बरूवाल र मुस्ताङको लोघेकर-दामोदारकुण्ड गाउँपालिका उपाध्यक्ष लोप्साङ छोम्फेल विष्टले मत हालेनन्)
लुम्बिनी प्रदेश : जम्मा मतदाता
प्रदेश सांसद : ८१ जना
खसेको मत : ८१ जना
स्थानीय प्रतिनिधि : २१५ जना
खसेको मत : २१३ जना
कर्णाली प्रदेश
प्रदेश सांसद : ३५ जना
खसेको मत : ३४ जना (राप्रपा सांसद सोशीला शाहीले केन्द्रको निर्णयानुसार मत हालिनन्)
स्थानीय प्रतिनिधि : १५८ जना (तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले मत हालिनन्)
खसेको मत : १५८ जना
सुदूरपश्चिम प्रदेश
प्रदेश सांसद : ५२ जना
खसेको मत : ५२ जना
स्थानीय प्रतिनिधि : १७६ जना
खसेको मत : १७६ जना