कोरिया । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ ।सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको थियो र यो मिसाइल एक हजार किलोमिटर टाढा सही लक्ष्यमा खसेको थियो ।
किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषणपछि उत्तर कोरियाले एक हप्ताभित्र दुई वटा मिसाइल परीक्षण गरेको थियो । पछिल्लो पटक मंगलबार परीक्षण गरिएको थियो ।
दुबै मिसाइल परीक्षण गरिएको जानकारी सबैभन्दा पहिलो दक्षिण कोरिया र जापानले पत्ता लगाएका थिए । त्यसपछि मात्रै उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले मिसाइल परीक्षण गरिएको जानकारी दिएको थियो ।
यी मिसाइल उत्तर कोरिायाको जमिनबाट समुद्रतर्फ प्रहार गरिएको थियो । उत्तर कोरियाले परीक्षण गरेको हाइपर सोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट जोगिने बताइन्छ ।