वीरगंज । कुनै समयमा साओमी कुनै विज्ञापनबाट होइन, प्रयोगकर्ताले नै गर्ने प्रचारको माध्यमबाट बजारमा चिनिने गर्थ्यो । केही वर्षपछि यो स्टार्टअप कम्पनी अनलाइन र अफलाइन दुवै माध्यमबाट आफ्नो मोबाइल बेच्दै मोबाइल बजारमा आफ्नो राम्रो स्थान बनाउन सफल भयो ।विज्ञापनबाट कहिले पनि चर्चामा नआएको यो कम्पनी आज आफ्नै देशमा आफ्नै विज्ञापनले गर्दा जरिवाना तिर्नुपर्ने स्थितिमा आएको छ ।
स्थानीय सञ्चारमाध्यम ‘आईटी होम’ का अनुसार चिनियाँ कम्पनीले साओमीले चीनको विज्ञापनसम्बन्धी कानून तोडेका कारणलाई तीन हजार १४१ डलर (करिब तीन लाख ७७ हजार रुपैयाँ) जरिवाना तिराएको छ ।
गत वर्ष रेड्मी के३० फाइभजी मोबाइलको टिमलमा ब्यानर विज्ञापनमा फोनमा एमोलेड डिस्प्ले उपलब्ध छ भनेर देखाइएको छ, जबकि फोनमा एलसीडी प्यानल प्रयोग भएको थियो ।यसरी विज्ञापनमार्फत ग्राहकलाई झुक्काएको भनेर चिनियाँ सरकारले साओमीलाई जरिवाना तिराएको हो ।