• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गठबन्धनको एमसीसी ‘गाईजात्रा’

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७८, आईतवार ०७:५०
  • ३५१३

    वीरगंज | नेताहरूले सुझबुझ देखाएनन् भने सम्भवतः मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गतको अमेरिकी अनुदान सहयोग फिर्ता हुने र सत्तारुढ गठबन्धन भङ्ग हुने कारक बन्ने लक्षण देखियो । सत्ता साझेदार दलका नेताहरूको सार्वजनिक अभिव्यक्तिबाट गठबन्धनभित्र एमसीसीका विषयमा चर्को रहेको मतभेद प्रकट भएकोछ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणका समयमा एमसीसीका अधिकारीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक भएको थियो । स्वदेश फर्कने क्रममा उनले आफू र प्रमुख सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने विषयमा ‘हस्ताक्षर’ गरेर पठाएको खुलासा गरे ।

    प्रधानमन्त्री देउवाको खुलासापछि अध्यक्ष दाहालका साथै माओवादी केन्द्रका अरू नेताले पनि मुख खोलेका छन् । उनीहरूका अनुसार एमसीसी पारित गर्ने सहमति भएको छैन र माओवादी केन्द्र यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा पनि छैन । अर्थात्, एमसीसीका विषयमा दुईमध्ये एक पक्षले वा दुवैले जनतालाई ढाँटेका छन् ।

    अहिलेको गठबन्धनमा सिद्धान्ततः एक ठाउँमा हुनै नसक्ने दलहरू सामेल भएका छन् । यसैले कुनै विषयमा सत्ता साझेदारबीच विपरीत धारणा हुनु अस्वाभाविक होइन । तर, कुनै दल विशेषको हठका कारण मुलुकलाई बन्धक बनाई राख्न वा जनतालाई यसरी ढाँट्न भने पाइँदैन । कम्तीमा प्रधानमन्त्रीले त पक्कै पाउँदैनन् ।

    अमेरिकी अनुदान सहयोग एमसीसीका विपक्षमा उग्रपन्थी कम्युनिस्ट र पुराना पञ्चहरू देखिएका छन् । यी दुवैले शक्तिलाई वर्तमान उदार लोकतन्त्र नरुचेको पनि उनीहरूले लुकाएका छैनन् । यसैले सत्ताको नेतृत्व गर्ने नेपाली कांग्रेस र विशेषगरी प्रधानमन्त्री देउवा एमसीसीको विरोध पछाडिका कारणका सम्बन्धमा पनि गम्भीर हुनुपर्ने देखिन्छ ।

    सत्ता साझेदार माओवादी केन्द्रका नेताहरूले एमसीसीलाई स्वीकार नगर्ने नै हो भने यसको छिनोफानो गर्न संसद्लाई सुम्पन तयार हुनुपर्छ । जनताले चुनेका सांसदहरूको विवेकमा विश्वास गरेर ह्विप नलगाई मतदान गराउने हो भने परिणाम जे आए पनि सबैका लागि स्वीकार्य हुन्छ ।

    साथै, एमसीसीबारे पठाइएको पत्रको बेहोराका सम्बन्धमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बेग्लाबेग्लै जानकारी दिएका छन् । कुनै गलत मनसायले पत्र लेखेको होइन भने बेहोरा सार्वजनिक गर्न हिचकिचाउन नपर्ने हो । यसैले प्रधानमन्त्री देउवाले पत्र सार्वजनिक गरेर जनसमक्ष यथार्थ स्पष्ट गरून् ।

    नेताहरूको सनक, स्वार्थ, हैकम एवं बाहिरी शक्तिको इसारामा अमेरिका तथा लोकतान्त्रिक पश्चिमी विश्वसँग सम्बन्ध बिगार्नु नेपालका लागि दीर्घकालीनरूपमा प्रत्युत्पादक हुनेछ । सरकारको साख गिराउने काम त दिनहुँ अरू विभिन्न क्रियाकलापबाट भएकै छ । एमसीसीमा ‘गाईजात्रा’ देखाइरहन पर्दैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑