• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा एकैपटक सयवटा हलमा रिलिज हुँदैछ ‘सूर्यवंशी’, कतिमा किनियो?

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७८, बुधबार १६:५५
  • २९३३

    वीरगंज | रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ महामारीपछिको सबभन्दा ठूलो बलिउड रिलिज हो। यही शुक्रबारबाट प्रदर्शन हुने अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कट्रिना कैफ अभिनीत यो फिल्मलाई झन्डै दुई वर्षदेखि दर्शकहरूले कुरिरहेका थिए।फूलपातीदेखि नेपालमा पनि हलहरू खुलेका छन् तर दर्शक तान्ने फिल्म प्रदर्शनमा आएको छैन। धेरैले अलि अगाडि रिलिज भएका अंग्रेजी फिल्म देखाइरहेका छन्। त्यही भएर दर्शक कम छन्। त्यसमाथि ५० प्रतिशत क्षमतामा चलाउनुपर्ने नियमले दर्शक तान्ने सम्भावना भएका नेपाली फिल्म रिलिज गर्न निर्माताहरू हच्किएको अव‍स्था छ।यस्तो बेला मल्टिस्टारर ‘सूर्यवंशी’ नेपालमा प्रदर्शन होला कि नहोला भन्नेमा धेरै सिनेप्रेमीहरूलाई चासो छ।

    महँगो रकम मागिएकाले अन्तिम समयसम्म यो फिल्म नेपाल ल्याउने कि नल्याउने भन्नेमा वितरकहरू दुबिधामा थिए। अब यो दुबिधा हटेको छ। विश्वव्यापी रिलिजसँगै नेपालका हलहरूमा पनि यही शुक्रबार नोभेम्बर ५ बाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भएको छ।
    ‘सूर्यवंशी’ ब्यांकटेस इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो। ब्यांकटेस इन्टरटेनमेन्टका ​वितरक मनोज राठीका अनुसार यो फिल्म एकैपटक नेपालका सयवटा सिनेमा हलमा प्रदर्शन हुनेछ। महामारीपछि देशभरि यति ठूलो संख्यामा प्रदर्शन हुन लागेको यो पहिलो अवसर हो।

    यो फिल्म १ करोड ३० लाख रूपैयाँमा नेपाल भित्र्याइएको वितरणमा संलग्न स्रोत बताउँछ।नेपाली फिल्म सार्वजनिक गर्न कोही तयार नभएको अवस्थामा अब ‘सूर्यवंशी’ नै सिनेमा व्यवसायीको आश बनेको छ। यसबीच काठमाडौंमा प्रदर्शनमा आएका हलिउड फिल्मले केही दर्शक ताने पनि नेपाली फिल्मका अधिकांश सिट खाली रहे। कुनै कुनै सोमा त दर्शक उपस्थिति शून्य रह्यो।’सूर्यवंशीले देशभरका दर्शकलाई हलसम्म तान्नेमा हामी विश्वस्त छौं,’ वितरक राठीले भने, ‘सूर्यवंशीको व्यापार हेरेर अन्य भारतीय फिल्म ल्याउने कि नल्याउने र कुन-कुन ल्याउने भनी निर्णय गरिनेछ।’५० प्रतिशत क्षमतामा चल्नुपर्ने नियम रहुन्जेल राम्रा ब्यानरका नेपाली फिल्म रिलिज हुने सम्भावना कमै देखिन्छ। यस्तो अवस्थामा नेपाली फिल्म क्षेत्र गतिशील बनाउन हिन्दी फिल्मबाट आश गर्नुपरेको राठी बताउँछन्।

    रोहित सेट्टी बलिउडका यस्ता निर्देशक हुन् जसले अहिलेसम्म बनाएका सबैजसो फिल्म सय करोड क्लबमा परेका छन्। उनका सिनेमाले सय करोड भारूभन्दा बढ्ता आम्दानी गरेको छ। त्यसैले उनलाई बलिउडमा ‘हिट मेसिन’ भनिन्छ।बलिउडका यी ‘हिट मेसिन’ ले सन् २०११ मा ल्याएका थिए- सिंघम। अजय देवगन अभिनीत बहादुर प्रहरीको चरित्र देखाइएको यो सिनेमाले बक्स अफिसमा धूम मच्चायो। त्यसको तीन वर्षमा रोहितले अजय देवगनलाई नै लिएर ‘सिंघम रिटर्न्स’ लिएर आए।त्यसपछि सन् २०१८ मा आयो, ‘सिम्बा’ जसमा रोहितका प्रिय अजय देवगन मुख्य भूमिकामा थिएनन्। एक दक्षिण भारतीय फिल्मको रिमेक ‘सिम्बा’ मा रणवीर सिंहलाई उनले बहादुर प्रहरीको भूमिकामा मैदानमा ओराले जो सुरूमा भ्रष्टाचारमा लिप्त हुन्छन् तर पछि व्यक्तिगत कारणले उनलाई प्रहरीको नैतिकताबाट च्यूत भएकोमा पछुतो हुन्छ। उनी इमानदारीको बाटोमा लाग्छन्।सिम्बालाई भ्रष्टाचारबाट इमानदारीको बाटोमा अग्रसर गराउन सिंघमको ठूलो हात रहन्छ।

    भन्नुको मतलब, रोहित सेट्टीले रणवीर सिंह अभिनीत ‘सिम्बा’ मा आफ्ना प्रिय अजय देवगन अर्थात् सिंघमलाई अतिथि भूमिकामा उतारेका छन्।
    ‘सिम्बा’ हेर्नुभएको छ भने तपाईंहरूलाई याद होला, त्यो सिनेमाको अन्त्यमा एक अर्का बहादुर प्रहरी अधिकृतलाई पर्दामा देखाइन्छ जो आतंकवाद नियन्त्रण ब्युरो प्रमुख हुन्छन्। ती प्रहरी अधिकृत हुन्, सूर्यवंशी।’सिम्बा’ फिल्मको अन्त्य सिंघम बनेका अजय देवगन र सूर्यवंशी बनेका अक्षय कुमारबीचको माेबाइल कुराकानीमा हुन्छ। यसबाट रोहित सेट्टीले आफ्नो आगामी ‘सुपर कप’ फिल्म सूर्यवंशीको घोषणासमेत गरेका थिए।

    सिम्बा रिलिज भएलगत्तै बलिउड फिल्मका प्रशंसकहरूमाझ सूर्यवंशीको पर्खाइ सुरू भएको थियो। रोहितले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि नै यो फिल्मको रिलिज मिति घोषणा गरिसकेका थिए। तर महामारीका कारण संसारै लकडाउनमा गएपछि यो फिल्म भनेको समयमा रिलिज हुन पाएन। त्यसपछि पटकपटक नयाँ रिलिज मिति तोकियो र पटकपटक सर्दै गयो।यो फिल्मको विशेषता के भने, यसमा सूर्यवंशी, सिंघम र सिम्बालाई एकसाथ देख्न पाइनेछ। अर्थात्, यसमा अक्षय कुमारसँगै अजय देवगन र रणवीर सिंहले पनि अभिनय गरेका छन्।बलिउड फिल्म विश्लेषकहरूले यो फिल्म कोरोना महामारीपछिको पहिलो सुपरहिट साबित हुने अनुमान गरेका छन्। रिलिज भएको कम समयमै यसले सिम्बाको रेकर्डलाई उछिन्ने र २०० करोड भारू कमाउने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑