• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडक खुल्यो न जहाजको टिकट

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७८, सोमबार १२:४६
  • २००१

    वीरगन्ज | अवरुद्ध सडक यातायात महिना दिनदेखि खुलेको छैन । बस र साना गाडी चल्न नपाउँदाको भर हवाईजहाज हो । १० दिन कुर्दा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । दसैं बिदामा घर आएका र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाजुरालगायत विभिन्न छिमेकी जिल्लाका यात्रुहरू कोल्टीमा अलपत्र छन् ।

    हवाई टिकटका लागि कोल्टी विमानस्थलमा पर्खिरहेका यात्रु ।
    कतिपय यात्रु दुई सातादेखि जहाजको टिकट पर्खाइमा छन् । बिरामी लिएर नेपालगन्ज वा धनगढी जान असोज २८ मा कोल्टी पुगेका हुम्लाका भैपुरा ऐडी अलपत्र छन् । टिकट नपाएर कोल्टीमै बस्नु परेको उनले बताए । ‘उपचारका लागि कर्ज गरेर ल्याएको पैसा टिकट कुर्दाकुर्दै कोल्टीमा खानबस्न मै सकियो,’ उनले भने ‘एघारौं दिनमा बल्ल नेपालगन्ज जान पाइयो । अधिकांश हवाई टिकटहरू बिचौलियाको नियन्त्रणमा रहेको यात्रुहरू गुनासो गर्छन् । कोल्टीबाट धनगढी र नेपालगन्जको भाडादर ५ हजार ५ सय भए पनि कतिपय यात्रुले १० हजारसम्म तिर्नुपरेको नागरिक समाज कोल्टीका अध्यक्ष जनेश भण्डारी बताउँछन् । सर्वसाधारण यात्रुहरू भने अन्योलमा परेको बताउँछन् । ‘कतिबेला टिकट वितरण गर्छन्, केही पत्तै हुँदैन,’ टिकटको पर्खाइमा एक साता कोल्टीमा पर्खेका बाजुराका ललित धामीले भने, ‘सर्वसाधारणले टिकट पाउने कुनै चान्स नै छैन । टिकट नपाएर सयौं यात्रुहरू अलपत्र परेपछि उनीहरूले पाँच दिनअघि कोल्टीमा नाराजुलुस नै गरे । अध्यक्ष भण्डारीले विमान सेवा कम्पनीका प्रतिनिधिहरूले मनपरी गरिरहेकाले सर्वसाधारण यात्रुहरूले सास्ती खेप्नुपरेको बताए । ‘टिकट वितरणमा साह्रै बेथिति भएकाले यात्रुले धेरै दुःख खेप्नुपरेको छ,’ उनले भने । एयरलाइन्सका प्रतिनिधिहरू भने सम्पर्कमै आउँदैनन् ।

    कोल्टीबाट समिट, नेपाल एयरलाइन्स, तारा र सीता एयरलाइन्सले नेपालगन्ज र धनगढी उडान भर्ने गरेका छन् । नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले भने, ‘समिट एयरले दैनिक उडान भरिरहेको छ । अन्य कम्पनीहरूले फाट्टफुट्ट छ ।’ पर्यटनमन्त्रीको ठाडो आदेशमा एक सातायता नेपाल एयरलाइन्सले पनि उडान गर्दै आएको उनले बताए । कोल्टी विमानस्थलबाट बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगुबाट यात्रु नेपालगन्ज र धनगढी ओहोरदोहोरका लागि कोल्टी आउने गरेका छन् । बिचौलियाले मनपरी गरेको गुनासो आए पनि प्रहरीले सहजीकरण गरिरहेको विमानस्थल सुरक्षा गार्ड कार्यालयमा खटिएका प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताए । हाल टिकट पाएका हरेक यात्रुलाई कति तिरेर लिएको भन्ने सोधपुछ गर्ने गरिएको छ । ‘बाहिर चर्को मूल्यमा टिकट खरिद–बिक्री भइरहेको हल्ला चल्ने गरे पनि हामीलाई कुनै यात्रुले भन्दैनन्,’ निरीक्षक जोशीले भने । पहुँचवालाहरूले टिकट पाउने र सर्वसाधारणले अवसरै नपाउने अवस्था आएपछि अहिले लाइन लगाएर दैनिक १० वटा टिकट वितरण गराइरहेको उनले बताए । ‘६ टिकट भीआईपी, बिरामी र भैपरी आउने अवस्थाका लागि राख्ने गरिएको छ । १० वटा टिकट अनिवार्य रूपमा बाँड्न लगाइरहेका छौं,’ उनले भने, ‘दुई/तीन दिनयता केही सहज हुँदै आएको छ । कोल्टी–मार्तडी र पिलुचौर जिते (कालीकोट) सडक खण्ड लामो समयदेखि अवरुद्ध छ । कात्तिक सुरुमा लगातार तीन दिनसम्म भएको बेमौसमी वर्षापछि साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जुगाड–जडांगा खण्डको सडक क्षतविक्षत छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑