• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिम बढ्दै, हालसम्म ६०४ जनाको मृत्यु

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७८, आईतवार १३:०७
  • ३२६१

    वीरगन्ज | सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसँैंतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ । बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन ।

    परीक्षण ग¥यो भने सङ्क्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताउनुभयो । “लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् । पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ । उहाँले कोरोना सङ्क्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक््याई नगरी समयमै उपचार गर्न आग्रह गर्नुभयो ।

    हालसम्म ६०४ जनाको मृत्यु, ४ लाखको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन् । सोमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ । प्रदेशभर सङ्क्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् । यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑