वीरगंज | नेपाल बौद्धिक पेशाकर्मि महासंघ तथा नेपाल इन्जिनियरिङग समाज प्रदेश न.२ को आयोजनामा विरगंज मा प्राविधिक विश्वविधालयको सम्बधमा अन्तरक्रिया तथा शुभदिपावली, तिहार र छठ पर्वको शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम को प्रमुख अतिथि माननीय मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि मा भएको कार्यक्रममा विशिष्ट अतिथी मा. हरिनारायण रौनियार, पूर्व सभासद आत्माराम साह, ठा.रा.बा. क्याम्पस प्रमुख उमेश चौरसिया,BIT Chief रामवावु साह, जसपा नगर अध्यक्ष इशवर यादव, डा. हरिशंकर साह, लगायत तमाम बौद्धिक व्यक्तित्व महानुभाव हरुको उपस्थिति रहियो।
नेपाल बौद्धिक पेशाकर्मि महासंघ प्रदेश न.२ का अध्यक्ष विजय यादव अध्यक्षता मा कार्यक्रम थियो भने कार्यक्रम ईन्जिनियर राजेश यादवले संचालन गर्नुभएको थियो।