वीरगन्ज | सुरक्षासम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सम्पन्न भएको छ। नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्न कार्तिक ११ र १२ गते भारतको बेंगलुरुमा नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न भएको हो। तालिम र क्षमता अभिबृद्धि सम्बन्धी सहयोगका विविध पक्षमा बैठकमा छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ। उक्त बैठक नेपाल र भारतबीच रही आएको सम्बन्धको सुदृढीकरण तथा द्विपक्षीय सुरक्षा चासोहरुको सम्बोधनका लागि उपलब्धिमूलक हुने विश्वास सेनाले लिएको छ।