जनकपुर । महोत्तरीमा लखौ रकम बराबरको नक्कली नोट सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका वडा नं. ९ डुबरबन्नाका तरकारी ब्यापारी सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णुप्रदिप बस्यालले बताए ।
आज विहान महतोलाई गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ रभारतीय रुपैयाँ सहित प्रहरीले नियन्त्रणमा लिएको छ । तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीले महतोको गौशालास्थित डेरामा खानतलाशी गर्दा रकम फेला परेको प्रहरी निरीक्षक वस्यालले बताए ।