• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    बेमौसमी वर्षाका कारण प्रदेश २ मा ११ प्रतिशत धानबाली नष्ट

  • वीरगंज संजाल
  • Oct 27, 2021, 7:49 pm
  • ३०६१

    जनकपुर । कात्तिकको पहिलो साता आएको वर्षा र बाढीका कारण प्रदेश २ मा ११ प्रतिशत धानबाली नष्ट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शाखाले जनाएको छ ।

    मन्त्रालयको कृषि शाखाबाट प्राप्त तथ्यांक अनुसार प्रदेशका ८ जिल्लामध्ये सप्तरीमा सर्वाधीक २५ प्रतिशत धानबालीमा असर पुगेको छ भने सबैभन्दा थोरै पर्सा जिल्लामा २ प्रतिशत मात्र धानबाली प्रभावित भएको छ । यस्तै सिरहामा १५ प्रतिशत, धनुषामा ८ प्रतिशत, महोत्तरीमा ७ प्रतिशत, सर्लाहीमा १६ प्रतिशत, रौतहटमा ८ प्रतिशत र बारामा ९ प्रतिशत धानबाली प्रभावित भएको छ ।

    प्रदेश २ मा धानखेती हुने कुल ४ लाख ३ हजार १ सय ६४ हेक्टर जमिनमध्ये ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ । कृषि शाखाका बाली अधिकृत मनिष कुमार पालका अनुसार धानसँगै तरकारी र फलफूल बालीमासमेत क्षति भएको छ ।

    कृषि ज्ञान केन्द्र धनुषाका बाली अधिकृत प्रदीपकुमार यादवका अनुसार यस वर्ष प्रदेश २ का जिल्लामा ५८ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो। समयमै पानी परेको तथा मलखादको व्यवस्था पनि भएकोले यस वर्ष सरदर प्रतिहेक्टर २ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको थियो । तर हावाहुरी र वर्षाबाट ४ हजार ६ सय ८० हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।

    कृषिविद् काशीकान्त झाका अनुसार धानबालीसँगै वार्षिक कृषिचक्रसमेत प्रभावित हुने भएकोले अन्नबाली थप प्रभावित हुनसक्छ । ‘कात्तिकसम्म मसुरो, आलु, केराउ, मटर, चना , तोरी, सरिसव लगायत बाली लगाउनुपर्ने हो । कात्तिकदेखि मंसिरसम्म गहुँ लगाइसक्नु पर्छ । त्यतिवेलासम्म खेतमा अत्याधीक चिस्यान हुन्छ ।स्वाभाविक रुपमा ती बाली लगाउन ढिला हुन्छ ।

    गत साता प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले भने प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षा र हावाबाट कृषि बालीमा परेको असरप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । पछिल्लो समय प्रदेश सरकारले किसानलाई राहत प्याकेज घोषणा गर्ने तयारी गरेकोसमेत बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑