• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाललगायत छिमेकी मुलुकमा चीनको सैन्य सहायता बढ्नु भारतलाई खतराः विपिन रावत

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७८, आईतवार १२:२७
  • २१५७

    वीरगन्ज | भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले नेपाललगायत छिमेकी मुलुकमा चीनले सैन्य सहायता बढाएकाले त्यसलाई ‘काउन्टर’ गर्न भारतले ती देशसँग सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका छन्। रावत भारतीय सेनाका पूर्वप्रमुख समेत रहेका थिए। अहिले उनी भारतका सुरक्षा निकायबीच समन्वय गर्ने चिफ अफ डिफेन्स स्टाफ छन्, जुन भारत सरकारले हालै मात्र स्थापना गरेको संयन्त्र हो। उनको भूमिका भारतीय रक्षामन्त्रीका मुख्य सैन्य सल्लाहकारको हो। रावतले दक्षिण एसियामा चीनको प्रभाव बढेकाले भारतलाई सुरक्षा चुनौती थपिएको बताएका छन्। गुवाहटीमा शनिबार आयोजित कार्यक्रममा रावतले चीनले केही समययता नेपाल, श्रीलंका र माल्दिभ्समा उल्लेख्य मात्रामा सैन्य सहायता दिएको दाबी गरे। ‘चीनले छिमेकमा सैन्य सहायता वृद्धि गर्नु भारतको राष्ट्रिय हितविरुद्ध छ। भारतको भौगोलिक अखण्डता र रणनीतिक महत्त्वका हिसाबले पनि चीनको प्रभाव बढ्नु गम्भीर विषय रहेको उनले बताएका छन्। भारतका छिमेकी मुलुकमा पैसा खन्याएर चीनले ख्याती कमाउन खोजेको आरोप लगाउँदै रावतले भारत नै ती मुलुकको स्थायी मित्र रहेको दाबी पनि गरे।

     ‘तर भारत पारस्पारिक विकास र समान हैसियत रहने प्रत्याभूति दिलाउँदै छिमेकी मुलुकसँग निरन्तर इन्गेज भइरहनुपर्छ’, उनले भने, ‘म्यानमार र बंगलादेशमा यस क्षेत्रमा चिनियाँ सैन्य सहायता पाउने प्रमुख मुलुक छन्।’ विश्वको उदाउँदो शक्तिका रूपमा चीनले दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रमा पनि अझ सशक्त ढंगले आफ्नो प्रभाव बढाउँदै जानु भारतका लागि चिन्ताको विषय भएको बताए। पाकिस्तानी राज्य तथा गैरराज्यपक्षीय तत्त्वद्वारा भारतविरुद्ध आतंकवाद सञ्चालन गरिरहेको आरोप लगाउँदै उनले यसका कारण दुई छिमेकीबीच शान्ति प्रक्रिया अवरुद्ध भएको बताए। चीनले पाकिस्तानलाई सैन्य सहायता बढाइरहेको तथा अन्तर्राष्ट्रिय मञ्चमा साथ दिइरहेको दाबी गर्दै उनले भने, ‘चीन र पाकिस्तानबीच यस्ता सहयोग यी दुई मुलुकका भारतविरोधी गठजोडका हिस्सा हुन्। कस्मिरमा केही समययता हिंसात्मक घटना बढ्नुमा पाकिस्तानको हात रहेको आरोप पनि उनले लगाए। भारत र चीनबीचको सीमा विवादलाई लद्दाख र भारतको उत्तरपूर्वी राज्यसँग जोडिएको सवालका रूपमा मात्र नलिएर समग्रतामा हेरिनुपर्ने उनले बताए।

    सीमा समस्या हल गर्न चीनसँग समय–समयमा राजनीतिकलगायत विभिन्न तहमा वार्ता भइरहे पनि निकास भने निस्किन नसकिरहेको उनले गुनासो गरे। भारतको उत्तरपूर्वी राज्य आसामसँग सीमा जोडिएका नेपाल, बंगलादेश, म्यानमारलगायत मुलुकमा चीनको बढ्दो प्रभाव र त्यसले भारतको सुरक्षामा पार्ने असरबारे उक्त कार्यक्रम आयोजना गरिएको थियो। बंगलादेश र नेपालसँग सीमा जोडिएको भारतको उत्तरपूर्वस्थित सिलुगढी करिडोर (जसलाई चिकन्स नेकका नामले बढी चिनिन्छ) लाई भारतले सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मान्छ। ​करिडोरले भारतको उत्तरपूर्व र बाँकी भूभाग जोड्छ। चिकन्स नेकमा तनाव उत्पन्न भए त्यसले भारतको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा गम्भीर आँच आउने भारतको बुझाइ छ। भारतले चीनसँगको सीमा विवाद बल्झिएकाले आफ्ना उत्तरपूर्वी तथा दक्षिणपूर्वी राज्यमा सुरक्षा चुनौती थपिएको बताउने गरेको छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑