• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव

  • वीरगंज संजाल
  • Oct 24, 2021, 12:04 pm
  • ३७३३

    वीरगन्ज | केही दिन अगाडिको लगातारको वर्षाका कारण आएको बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पानी पर्न छाडेपछि तराईलगायत धेरै ठाउँका प्रभावितको जनजीवन सामान्य बन्दै गएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै ठाउँका प्रभावितलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समस्या भएको हो । पहिरोका कारण सबैभन्दा धेरै प्रभावित भएको बझाङको थलारा गाउँपालिकाका प्रभावितहरुलाई खाद्यान्न, औषधि र खानेपानी लगायतको समस्या भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले घर खेत पुरिएकाले खाद्यान्न, लत्ताकपडा लगायतको समस्या भएको छ ।

    यो गाउँपालिकामा २३ जनाले ज्यान गुमाएका छन् । उपाध्यायका अनुसार अहिले गाउँपालिकामा १ सय ८० परिवारले स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । कतिपय प्रभावितहरु पालमा बसिरहेका छन् । कयौँ परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । सदरमुकाम चैनपुर लगायत धेरै ठाउँमा खानेपानी र सञ्चार सेवा पनि बन्द भएकाले समस्या छ । पालिकाहरुले प्रभावितहरुलाई राहत र हराइरहेकाहरुको खोजीलाई तीव्रता दिइरहेको बताएका छन् । पालिकाले सकेसम्म परिवारको सङ्ख्याको आधारमा खाद्यान्न लगायतका राहत वितरणको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । तर, यो पर्याप्त भने नभएको उहाँको भनाइ छ ।

    यस्तै कैलालीको टिकापुर नगरपालिका पनि डुबान प्रभावित नगरपालिका हो । टिकापुर नगरपालिका–५ मा रहेको शाहीपुरमा कर्णाली नदी थुनिएपछि यो पूरै क्षेत्र डुबानमा परेको थियो । अहिले पानीको मात्रा कम भएर जनजीवन सामान्य हुँदै गएको भए पनि अझै धेरै बिचल्लीमा छन् । भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा लगायतका सामान डुबेर कुहिँदा खाद्यान्न लगायतका सामान जोहो गर्न समस्या भएको छ । लुम्बिनी प्रदेश लगायतका अरु ठाउँमा भने पानी पर्न छोडेपछि जनजीवन सामान्य बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑