• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेल सञ्चालन गर्न मन्त्री यादवलाई ध्यानाकर्षण

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७८, शुक्रबार १३:५४
  • १९८१

    वीरगन्ज | जनकपुरका उद्योगी व्यावसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई रेल सञ्चालनका लागि शुक्रबार ध्यानाकर्षण गराएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा स्थानीय व्यवासायीहरुले मन्त्री यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका हुन् । ज्ञापन पत्रमा ११ वर्षदेखि रेल सेवा अवरुद्ध रहँदा यहाँको उद्योग–व्यवसायमा नकारात्मक प्रभाव परेको उल्लेख छ । यसैगरी भारतसँग दुई थान रेल खरिद गरेको एक वर्ष बितिसक्दा पनि सेवा सञ्चालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकारले इन्जिन र यात्रुबाहक बोगी खरिद गरेको एक वर्ष बितिसक्दा पनि हालसम्म रेल्वे सञ्चालन नहुनु दुर्भाग्यपूर्ण हो । तसर्थ राष्ट्रको उद्योग, व्यावसाय तथा पर्यटनमा नकारात्मक प्रभाव परिरहेकोले अविलम्ब रेल सञ्चालन गर्न जोडदार माग गर्दछौं ।’

    प्रतिउत्तरमा मन्त्री यादवले सरकार यथाशिघ्र रेल सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले भने, ‘आवश्यक कानुन निर्माण तथा अन्य व्यवस्थापन गर्न सरकार आवश्यक गृहकार्यमा जुटेको छ । यथाशिघ्र रेल सञ्चालन हुन्छ । मन्त्री यादवले जनता समाजवादी पार्टी सरकारमा जानुपूर्व रेल सञ्चालन, नागरिकता जस्ता समस्या समाधान गर्न सहमति गरेको जानकारी पनि दिइन् । जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले रेल सञ्चालन गर्न आवश्यक लिक, स्टेशन, टिकट काउन्टर आदिको निर्माण भइसक्दा पनि सञ्चालनमा नआउनु अचम्मको विषय भएको बताएका थिए । भारत सरकारको सहयोगमा निर्मित रेल संरचना तयारी अवस्थामा रहेपनि नेपाललाई हस्तान्तरण भने हुन सकेको छैन । असोज दोश्रो साता नेपाल र भारतका अधिकारीहरुले संयुक्त रुपमा ती संरचनाहरुको स्थलगत निरीक्षण पनि गरेका थिए । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको नेतृत्वमा ५ सदस्यीय नेपाली टोली तथा भारतीय इरकोन कम्पनीका जेनरल म्यानेजर रवि सहाय नेतृत्वको ५ सदस्यी टोली कुर्था रेल्वे स्टेशनदेखि जयनगरसम्मको स्थलगत निरीक्षण गरेका थिए ।

    भारत सरकारद्वारा निर्मित ट्रेक, भवन, सिग्नल, स्टेशन भवन आदि संरचनाहरुको स्थलगत निरीक्षण पछि आवश्यक पर्ने मर्मत सम्भार गरेर संरचना हस्तान्तरण प्रक्रिया अगाडि बढाइने रेल्वेका महाप्रबन्धक झाले जानकारी दिएका थिए । भारतको काेंकण रेल्वे कार्पोरेशनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको वारेन्टी असोज ३ गतेदेखि सकिएको छ । दुवै सेट इन्जिन एक वर्षदेखि सीमावर्ती इनरुवा रेल्वे स्टेशनमा थन्किइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑