• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    काटेको धान खेतमा डुबेको अवस्थामा के गर्ने ? धान विज्ञको १० टिप्स

  • वीरगंज संजाल
  • Oct 21, 2021, 1:31 pm
  • १२२५

    वीरगन्ज | अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको छ । कतिपय ठाउँमा धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा अचानक वर्षा भएपछि डुबानमा परेर क्षति भएको छ भने कतै नकाटिएको धान पनि पानीमा डुबेको छ । नकाटिएको भन्दा काटिएको धानलाई पानीले बढी असर गर्छ । नकाटिएको धानलाई पानीले केही दिन डुबाए पनि खासै असर गर्दैन तर पाकेको धान काटिएको अवस्थामा डुबानमा परेको छ भने चार÷पाँच दिनमै बिग्रिन्छ । काटिसकेको धान डुबानमा परेपछि कति छिटो बिग्रिन्छ भन्ने कुरा तापक्रममा भर पर्ने विज्ञहरु बताउँछन् ।

    १८ देखि २५ डिग्री तापक्रम छ भने पानीमा डुबेको धान चार/पाँच दिनमा धान बिग्रिन्छ । हिमाल, पहाड लगायत अलि चिसो ठाउँमा काटिएको धान डुबानमा परेको छ भने त्यति छिटो बिग्रिँदैन तर तराई मधेसमा तापक्रम अलि बढी हुने भएकाले त्यहाँ छिटो बिग्रिने सम्भावना हुन्छ । अहिलेको वर्षाले पहाडभन्दा तराई मधेसमा बढी क्षति पुर्याएको छ । काटेको धान डुबेको छ भने त्यसलाई कसरी संरक्षण गर्ने, त्यसलाई कसरी प्रयोगमा ल्याउने लगायतका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत धान वैज्ञानिक डा.कृष्णकुमार मिश्रसँग रातोपाटीले जिज्ञासा राखेको छ ।

    प्रस्तुत छ– मिश्रको टिप्स उनकै शब्दमा :

    १. काटिसकेको धान खेतमा डुबेको छ भने त्यसलाई कति छिटो हुन्छ बाहिर ल्याउनुपर्छ र त्यसलाई ओभाउन दिनुपर्छ । त्यसपछि त्यसलाई चुटेर धान अलग गर्नुपर्छ ।

    २. धान चुटिसकेपछि त्यसलाई घाममा सुकाउनुपर्छ । यदि घाम लागेको छैन भने हिटर वा अरु कुनै प्रविधि प्रयोग गरेर त्यस्तो धानलाई जति सक्दो छिटो सुकाउनुपर्छ ।

    ३. धान सुकेपछि त्यो पूर्ववत् अवस्थामा आउँछ । धान राम्रोसँग पाकेको थियो भने त्यसलाई खासै असर गरेको हुँदैन तर पानीबाट चाँडै निकालेर त्यसलाई चुटेर सुकाउनुचाहिँ पर्छ । चुटेर राखिएको धानलाई समयमा सुकाउन नसके त्यो बिग्रिन्छ ।

    ४. काटेको धान भिजेको छ भने त्यसलाई सुक्खा ठाउँमा ल्याएर ओभाएर चुट्नुपर्छ । त्यस्तो धानलाई नसुकाइकन च्युरा बनाउने वा उसिनेर (स्टिम गरेर) उसिना चामल बनाउन सकिन्छ । तर धान धेरै छ भने यो प्रक्रिया अपनाउन समस्या हुन्छ ।

    ५. काटेको धान खेतमै डुबेको अवस्थामा त्यसलाई जतिसक्दो छिटो पानीबाट निकाल्नुपर्छ । छिटो निकालिएन भने तापक्रमको आधारमा चार/पाँच दिनमा धान बिग्रिन सक्छ ।

    ६. काटेर खेतमै डुबेको धान १८–२५ डिग्रीको तापक्रममा चारदेखि पाँच दिनमा बिग्रिन्छ । अर्थात् त्यो धानको बाला उम्रिन्छ । पुरै उम्रिसकेको छ भने त्यो धान काम लाग्दैन । यदि टुसामात्र आएको छ भने त्यसलाई बाहिर निकालेर सुकाएर प्रयोगमा ल्याउन सकिन्छ तर त्यसमा अरु चामलको जस्तो गुणस्तर हुँदैन ।

    ७. काटेको अवस्थामा डुबेको धान मोटो वा मसिनो कुन हो भन्ने कुराले पनि असर निर्धारण गर्छ । मोटो धानमा अलि ढिलो असर गर्छ भने मसिनोमा अलि छिटो गर्छ । अहिले काटेर खेतमा राखिएको धान छिटो पाक्ने जातका धान भएकाले यसलाई पानीले छिटो असर गर्न सक्छ ।

    ८. नकाटिएको धान डुबानमा परेको छ भने जतिसक्दो चाँडो खेतबाट पानी निकाल्ने प्रयास गर्नुपर्छ । तर केही दिन पानीमै डुबे पनि नकाटिएको धान त्यति बिग्रिँदैन । नकाटिएको धानमा जमेको पानीको तुलनामा बगेको पानीले कम असर गर्छ ।

    ९.भर्खर दाना लागेको धानलाई पानीले डुबाएको छ भने एक डेढ हप्तासम्म केही असर गर्दैन । नकाटिएको पाकेको धान डुबानमा परेको छ भने त्यसलाई अलि चाँडो असर गर्छ । त्यसैले जतिसक्दो चाँडो खेतबाट पानी निकाल्ने प्रयास गर्नुपर्छ ।

    १०. किसानले पाकेको धान काट्दा खेतबाट पूर्णरुपमा पानी निकाल्नु पर्छ । अनिमात्र धान काट्नुपर्छ । पूर्ण सुक्खा भएको खेतमा धान कटाई भयो भने त्यस्तो धान पूरै स्वस्थ्य हुन्छ । खेतमा अलिअलि पानी छ भने त्यस्तो अवस्थामा धान काट्नु हुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑