• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    दशैँको चहलपहलसँगै कोरोना सङ्क्रमणमा वृद्धि, तिहारका बेला निषेधाज्ञा हुने संकेत !

  • वीरगंज संजाल
  • Oct 20, 2021, 3:44 pm
  • ३३४९

    वीरगन्ज । दशैँको चहलपहलसँगै कोरोनाभाइरस सङ्क्रमण दरमा पनि वृद्धि देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्क हेर्दा पाँच दिनअघि अर्थात्‌ असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

    त्यसको चौथो दिन अर्थात् कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दशैँअघि सङ्क्रमण दर पाँच प्रतिशतको हाराहारीमा रहेकोमा मङ्गलवार १० प्रतिशत पुगेको हो।

    डेल्टा भेरिअन्टविरुद्ध पनि कोभिड खोप प्रभावकारी

    ‘दीर्घ कोभिड’को समस्या बढ्दो, किन केही कोभिड लागेका बिरामी पूर्ण रूपमा सञ्चो हुन सकेका छैनन्प्र वक्ता पौडेल भन्छन्, “एक-दुई दिनका तथ्याङ्क हेरी सङ्क्रमण दर फेरि बढ्न थालेको भनेर निष्कर्षमा पुग्न सकिँदैन। तर चाडबाडका बेला आवतजावत लगायतका गतिविधि बढ्दा सङ्क्रमण दर चाहिँ बढेको हुन सक्छ।”

    चाडबाडका बेला रोकिएका पीसीआर र एन्टिजन परीक्षणका नतिजाहरू एकै पटक आउँदा सङ्क्रमित बढेको हुन सक्ने सम्भावना पनि उनले औँल्याए।

    प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणको पछिल्लो प्रवृत्तिबारे निष्कर्षमा पुग्न अबका केही दिनको तथ्याङ्कको विश्लेषण गर्नुपर्ने हुन्छ।

    सङ्क्रमणसम्बन्धी दुई-चार दिनयताको तथ्याङ्क हेर्दा खासगरी काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्छ कि भन्ने कतिपयले आशङ्का गर्न थालेका छन्।

    तिहारमा निषेधाज्ञा जारी होला?
    काठमाण्डू उपत्यकाका तीन जिल्ला प्रशासनहरू ‘पर्ख र हेर’को नीति लिएको देखिन्छ।

    भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपील गरिएको भए पनि त्यस्तो हुन नसकेको महसुस गरेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन्।

    तिहारका बेला निषेधाज्ञा लागु होला त भन्ने जिज्ञासामा उनले भने, “अब छिट्टै नै जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठको सन्दर्भमा थप सङ्क्रमण फैलिन नदिनका लागि कस्तो रणनीति अपनाउने भन्नेबारे टुङ्गोमा पुग्छौँ।”

    ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय दशैँका बेला सङ्क्रमण बढ्न सक्ने आकलनका आधारमा सकेसम्म कम आवतजावत गर्न आफूहरूले अपील गरेको स्मरण गर्छन्।

    सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने उनले बताए।

    “सङ्क्रमणको हिसाबले एक-दुई दिनयता देखिएकै प्रवृत्ति जारी रह्यो भने कडाइ गर्नुपर्ने अवस्था देखिएमा आवतजावत घटाउने क्रमिक कदमहरू चाल्न सकिन्छ,” उपाध्यायले भने।

    “जनजीवन ठप्प हुँदैन”
    सङ्क्रमणको प्रवृत्तिको विश्लेषण गरेर उपत्यकाका तीनवटै जिल्लाले एकसाथ आवश्यक नीति अपनाउनुपर्ने आवश्यकता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेशी शर्मा औँल्याउँछिन्।

    तर जनजीवन र आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नै पार्ने गरी कदम नचालिने उनले सङ्केत गरिन्।

    “कुनै ठाउँमा बढी सङ्क्रमण छ भने हामीले स्थानीय तहसँग समन्वय गरी स्थानविशेषलाई केही गतिविधिलाई नियन्त्रण गर्नुपर्ने हुन सक्छ,” शर्माले भनिन्।

    “एक हप्ताको हामी प्रवृत्ति विश्लेषण गर्छौँ र छलफल गरी निर्णयमा पुग्छौँ।”

    दशैँ मनाएर गाउँगाउँबाट मानिसहरू अहिले सहर फर्कन थाल्ने क्रम शुरू भएको छ।

    मानिसहरू ओहोरदोहोर गर्ने क्रमसँगै अबका केही दिनभित्र सङ्क्रमणको वास्तविक चित्र आउन सक्ने विज्ञहरूले बताएका छन्।bbc

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑