• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

  • वीरगंज संजाल
  • Oct 18, 2021, 1:29 pm
  • २६६१

    वीरगन्ज | गुल्मी कारागारमा क्षमताभन्दा तेव्वर कैदी हुँदा व्यावस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् । कार्यालय जिर्ण भएकाले पानी परे चुहिएर कार्यालय कोठा समेत जलमग्न हुन्छन् । भने कैदीबन्दी बस्ने कोठाहरुमा थाल थाप्नुपर्ने अवस्था छ । कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको विकल्प नहुँदा अन्धकारमा बस्नुपर्ने लगायतका समस्या कारागारमा छन् । त्यो बाहेक उपचारमा समस्या, समय र महङी अनुसार सेवा सुविधा बृद्धि नहुनुले पनि कैदीबन्दीहरु समस्यामा परेको निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले गुनासो गरे । जिल्ला प्रशासन कार्यालय, नगरपालिका, मानव अधिकार आयोग, सर्वोच्च अदालत लगायतका निकायबाट कारागार अनुगमन गरेपनि समस्या समाधानमा कुनै पहल नभएको कारण कैदीबन्दीमा मनोबैज्ञानिक रुपमा बितृष्णा पैदा भएको छ । १० स्थायी दरबन्दी १ कर्मचारी कारागार अतिसंवेदनशिल क्षेत्र र कार्यालय हो । कारागार प्रमुख रेश्मीराज पन्थीका अनुसार गुल्मी कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी छ । तर, अहिले स्थायी कर्मचारी एक जना सुब्बा मात्र छन् । सुब्बा बिदामा बसे करार कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको भरमा कारागार हुने अवस्था रहेको छ । अधिकृत ५ महिनादेखि खाली छ । सिनियर अहेव र सहलेखापाल लगायतका कर्मचारी एक बर्षदेखि छैनन् । दैनिक २/३ जना कैदीबन्दी बिरामी पर्ने गरेका छन् । नियमित स्वास्थ्यउपचार गराउन पर्ने जेष्ठ नागरिक भएकाले अहेव नहुँदा निकै गाह्रो भएको पन्थीले बताए ।

    उपचारको लागि अस्पताल लैजान सुरक्षा चाहिने तर सुरक्षाकर्मीसहित उपचारका लागि अस्पताल र अदालतसम्म कैदीबन्दीसंग पुराउन कर्मचारी पनि नभएको कारण थप समस्या सृजना भएको कारागार प्रशासनले जनाएको छ । अहिलेसम्म कारागारका ३ जना कर्मचारी र कैदीबन्दी ९ जनालाई कोभिड संक्रमण भएको छ । कारागारमा भएका सवै कैदीबन्दी र कर्मचारीले खोप लगाएका छन् । कारागारमा आश्रित बालबालिका छैनन् । विभिन्न समयमा कारागारमा विभिन्न रोगको स्वास्थ्य शिविर र उपचार हुने भएपनि कोभिडको कारण रोकिएको कैदी सुमन पन्थीले गुनासो गरे । सिडिओलाई गुनासै–गुनासा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायको टोलीले भर्खरै कारागार कार्यालय गुल्मीको अनुगमन गरेको छ । अनुगमनको क्रममा पौडेलसंग कैदीबन्दीहरुले आफ्ना समस्या र गुनासो राखेका थिए ।

    कैदीबन्दीले सुत्न बस्न समस्या भएको, बत्ती, खाने पानीको समस्या, थुनुवा बन्दीहरुको लामो समय सम्म मुद्दा फैसला नहुदा समस्या भएको, दाउरा, तरकारी लगायत खाद्य सामग्रीहरु महङ्गोमा किन्नु पर्दा सरकारले दिने सुविधाले नपुगेको, पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, टेलिभिजन बिग्रिएको, सोलार पनि बिग्रेका कारण लाइन नहुँदा अध्याँरोमा बस्नु परेको गुनासो गरेका थिए । पौडेलले समस्या समाधानको लागी आफ्नो तर्फबाट गर्न सकिने काम छिटै गर्ने र अन्य दीर्घकालिन समस्या समाधानको लागी सम्बन्धित कार्यालयमा लेखेर पठाउन कारागार कार्यालयका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीलाई निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑