वीरगन्ज । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ । देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो । कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्न लागेका हुन् ।
वडा अधिवेशन पश्चात कार्तिक ९ गते एमालेले ७५३ वडामा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । जसअनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन हुनेछ ।