चीन | एप्पलले चीनमा कुरान एप्लिकेशन हटाएको छ । विश्वको चर्चित कुरान एप मध्ये एक रहेको एप्पलको कुरान एप्लिकेशन सरकारी अधिकारीको आग्रहमा हटाइएको एप्पलले जनाएको छ।
एप स्टोरमा विश्वका अरु क्षेत्रमाम कुरान मजीद एप्लिकेशन पाइन्छ, तर चीनमा भने यो एप्लिकेशन पाइने छैन। दशौँ लाख मुस्लिमले प्रयोग गर्दै आएको यो एप्लिेशनमा एक लाख ५० हजार भन्दा धेरै रिभ्यु छ ।
धर्म सम्बन्धी गैरकानूनी जानकारी रहेको भन्दै एप्लिकेशन हटाइएको थाहा लागेको बिबिसीले उल्लेख गरेको छ।