• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ

  • वीरगंज संजाल
  • २७ आश्विन २०७८, बुधबार १३:४८
  • १७८९

    वीरगंज । नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि सहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् ।दसैँमा परिवारका सबै सदस्य एकै ठाउँमा हुने । मिठो मसिनो खाने र रमाउने परम्परा हो । काम विशेषले परिवारबाट टाढिएका आफन्त घर आउने उत्साहले धेरैको परिवारमा खुसी छाउछ । तर, बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ, उति उति मनमा दुःख र पीडा बढ्दै गएको छ ।

    तत्कालीन द्वन्द्वको समयमा बेपत्ता श्रीमान् सूर्यप्रसाद शर्माको कुनै खबर नहुँदा उनले विगत दुई दशकयता हाँसीखुसीले दसैँ मनाउन सकेकी छैनन् । बिस वर्षअघि १ माघ २०५८ मा राज्य पक्षले सोधपुछका लागि भन्दै शर्मालाई लगेको थियो । त्यसयता परिवार उनको अवस्थाबारे परिवार बेखबर छन् ।‘जतिजति चाडपर्व आउँछ उति–उति बेचैन लाग्छ’, जशोदा शर्माले भनिन्, ‘सबैका परिवारका सदस्य घर आउँदा, मेरो परिवारको बखरसमेत आउँदैन ।’ चाडपर्वले झनै मुटु चिरिने उनको भनाइ छ । बेपत्ताको खबर सार्वजनिक नहुँदा परिवारका सदस्य झझल्कोमा बाँचेको शर्माले बताइन् ।‘न फोटोमा टीका लगाउन सक्छु, न अवस्थाबारे थाहा छ’, उनले भनिने, ‘सरकार हामीलाई दसैँ कहिले आउँछ ।’ श्रीमानको अवस्था थाहा पाउन गुहार माग्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमासमेत पुगिन् । मानव अधिकार समितिले नेपाल सरकारको नाममा शर्माको परिवारलाई बेपत्ताको अवस्थाबारे जानकारी दिनु, दोषीलाई कारबही गरी सजाय दिनु, सूर्यप्रसाद शर्मा जीवितै भएमा तत्काल रिहा गर्नु, उनको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनु भने पनि सरकारले त्यसको कार्यान्वयन गरेको छैन ।

    ‘दशैमा सबै खुसी हुन्छन्, मेरो परिवारमा पीडामा हुन्छौँ’, उनले भनिन्, ‘सरकारले सत्यतथ्य सार्वजनिक नगर्दा हामी अन्योलमा र्पयौँ।’
    बागलुङको जैमिनी नगरपालिका राङखानीका बिमल केसीलाई पनि दसैँको खासै उत्साह छैन । द्वन्द्वकालमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नहुँदा उनलाई चाडपर्वले झनै पीडा थप्ने गर्छ । बेपत्ता गणेश केसीका दामलको गाउँ घरमा चहल पहल हुँदा छोरा सम्झिएर पटक पटक भक्काने छुट्ने केसीले बताए ।द्वन्द्व पीडितले मन बुझाएर चाडपर्व मनाउन सरकार जबाफदेही बन्नुपर्ने अधिवक्ता राम शर्माको भनाइ छ । द्वन्द्व पीडितले न्याय, परिपूरण, बेपत्ताको अवस्था सार्वजनिक र विस्थापितले सम्मानपूर्व बाच्ने अधिकारीको सुरक्षित गर्नुपर्नेमा उनको जोड छ । बागलुङका द्वन्द्व पीडितले यस वर्षको दसैँमा दण्डहिनतालाई न्यायको लागि पीडितलाई सम्मानपूर्वक, वातावरणको लागि सरकारलाई मानव अधिकार, विधिको शासन, र जवाफदेहिताको लागि जिम्मेवारी प्रदान होस भन्ने शुभकामना दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑