• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवा टिम कस्तो ? श्रीमानलाई कोटा ! लोकतन्त्रलाई धोका

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार ०७:२२
  • ३४३७

    । प्रधानमन्त्री बनेको करिब तीन महिनापछि शेरबहादुर देउवाको टिमले पूर्णता पाएको छ । शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्रीको शपथ भएको छ भने केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।थप गरिएका मन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा प्रशासन मन्त्री, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, डा. मीनेन्द्र रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, दिलेन्द्रप्रसाद बडू कानुन न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग वाणिज्य तथा आपूर्ति, रामसहाय प्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

    त्यस्तै भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव राज्यमन्त्री बनाइएको छ । खापुङलाई स्वास्थ्यराज्यमन्त्री तथा यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरु सरकारमा पठाएको हो । पार्टीमा अशोक राइ पछिको वरीयतामा उनी छन् ।श्रेष्ठ पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट नेता मानिन्छन् । श्रेष्ठ कुनै समय नेकपा एमालेको सक्रिय राजनीतिमा थिए । वर्तमान देउवा नेतृत्वको सरकारमा उनी संघीय मामिला मन्त्री बनेका छन् । जसपाबाटै महिन्द्र राय यादव कृषि मन्त्री बनेका छन् । यादव पनि नेकपा एमालेको राजनीतिमा एक समय सक्रिय थिए । मन्त्री बनेर सिंहदरबार छिर्ने यादव नयाँ अनुहार होइनन् । पार्टीभित्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने कि यादवको नेतृत्वमा भन्ने बहस लामो समय चल्यो । जसपा नेताहरु नै दुवै नेता एकसाथ मन्त्री नबन्ने टिप्पणी गर्दै थिए । तर अन्तिम समयमा आएर यादव मन्त्री बनेका छन् । रेनु यादव पार्टी अध्यक्ष उपेन्द्र यादव निकट नेतृ हुन् । यादवको रोजाइको पहिलो वरीयतामा पर्ने नेतृ भएको जसपाका नेताहरुनै बताउँछन् । यता, नयाँ अनुहारको रुपमा जसबाट महासचिव रामसहाय यादवको सिंहदरबार इन्ट्री भएको छ ।

    यादव पनि उपेन्द्रको नजिकको सम्बन्ध भएका नेता हुन् । मधेश राजनीतिबाट उदय भएका नेता यादव देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बनेका छन् ।नेकपा (एस) बाट आलेबाहेक सबै नयाँ अनुहार

    नेकपा एकीकृत समाजवादीबाट विशेषगरी नयाँ अनुहारहरुले प्राथमिकता पाएको छ । नेकपा (एस) ले सरकारमा चारमन्त्री सहित एक राज्यमन्त्री पाएको छ । जसमा उक्त पार्टीबाट नेतृत्व गरेका विरोधले खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभामा तेस्रो पटक सांसद भइसकेका खतिवडाले यसअघि मन्त्री हुने अवसर पाएका थिएनन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । कोभिड–१९ संक्रमणका बेलामा उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
    त्यस्तै रामकुमारी झाँक्री युवाहरुमाझ रुचाइएको अनुहार हो । अनेरास्ववियूबाट राजनीति सुरु गरेकी झाँक्री १९ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बनेकी थिइन् ।

    आन्दोलनकी नेतृ, महिला, जनजातीको तर्फबाट नेकपा (एस)ले रामकुमारी झाँक्रीलाई मन्त्रीमा सिफारिस गर्‍यो । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी झाँक्री पार्टी विभाजनपछि मन्त्री बनेकी हुन् । उनले स्वास्थ्य, पर्यटन मन्त्रालय पाउने चर्चा चले पनि सहरी विकास मन्त्रालयमार्फत् सरकारमा इन्ट्री गरेकी हुन् । त्यस्तै कृष्णकुमार श्रेष्ठ पनि पहिलोपटक मन्त्री बनेका छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    लामो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा रहेका श्रेष्ठले मन्त्री बन्ने अवसर पाएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा उनी तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल क्याम्पमा आएका थिए । पछि पार्टी विभाजनको बेलामा पनि श्रेष्ठले नेपाललाई साथ दिएका थिए । क्याम्प परिवर्तन गरेका कारण उनलाई मन्त्री बनाइएको नेताहरु बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका प्रेमकुमार आले भने पहिलोपटक मन्त्री बनेका होइनन् । नेकपा विवादका बेलामा एमाले अध्यक्षसमेत रहेका प्रधामन्त्री ओलीले आलेलाई वन तथा वातावरण मन्त्री बनाएका थिए । आफूले दिएको अभिव्यक्तिका कारण पनि चर्चा र विवादको केन्द्रमा रहेका थिए । उनले पनि प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा क्याम्प छाडेका थिए । ओली क्याम्प छाडेर पार्टी विभाजनमा साथ दिएका कारण उनलाई मन्त्री बनाइएको नेताहरु बताउँछन् । मन्त्री आलेबाहेक नेकपा एसबाट अरु पहिलोपटक मन्त्री बनेका हुन् । त्यस्तै स्वास्थ्य राज्यमन्त्री बनेका भवानी खापुङ पनि पहिलोपल्ट सरकारमा सहभागी भएका हुन् ।त्यस्तै कांग्रेसबाट मन्त्री डा. मीनेन्द्र रिजाल यसअघि पनि पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन् । शशांक कोइरालाको टिमबाट उनी मन्त्री बनेका छन् । उनलाई मन्त्री बनाएर आफूलाई धोका दिइएको भन्दै सुजाता कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।

    कोइरालाले ‘शशांकबाट धोका पाएको’ प्रतिक्रिया दिएकी छन् । त्यस्तै यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका बडूलाई कानुनमन्त्री बनाइएको छ ।
    उनलाई रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनाइएको हो । यसअघि तीन मन्त्रालयमा दाबी गरेको सो समूहलाई देउवाले दुईभन्दा दिन नसक्ने अडान राखेका थिए । अन्तिममा दुईवटा मन्त्रालय लिएर सो समूह सरकारमा सहभागी भएको छ ।उमाकान्त चौधरी कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनेका हुन् भने उमा रेग्मी देउवा समूहबाट ।

    माओवादीबाट सरकारमा सहभागी मन्त्री को कस्ता ?

    नेकपा माओवादी केन्द्रको तर्फबाट देउवा नेतृत्वको सरकारमा तीन मन्त्रीसहित एक राजमन्त्री बनेका छन् । माओवादीबाट सरकारमा गएका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटको मात्रै भएको भन्दै टिप्पणीसमेत भएको छ । तत्कालीन नेकपाको सरकारमा नै मन्त्री बन्ने चर्चा चलेका देवेन्द्र पौडेल यसपटक भने मन्त्री बनेका छन् । माओवादीले यसपटक नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेको थियो । पौडेलले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
    माओवादी केन्द्रले यसपटक सरकारमा जाँदा महिलालाई प्राथमिकता दिएको छ । पार्टीले पाएको ५ मन्त्रीसहित १ राज्यमन्त्रीमा ३ जना महिला छन् ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति समेत रहेकी शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छिन् । त्यस्तै माओवादी केन्द्रको कोटाबाट महेश्वरजंग गहतराज अथक मन्त्री बनेका छन् । उनलाई दलित तथा जनजातीको कोटाबाट सरकारमा पठाइएको नेताहरु बताउँछन् ।
    उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै बोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छिन् । उनी महिला कोटाबाट राज्यमन्त्री बनेकी हुन् । नेकपा माओवादी केन्द्रबाट यस अघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बनेका थिए । देउवाले ढिला गरी मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि विवादरहित भने हुन सकेन ।उनको पार्टीभित्रै सबैभन्दा बढी विवाद भएको छ । संस्थापनइतर समूहका एक नेताले बाह्रखरीसँग कुरा गर्दै ‘अब कसरी काम गर्ने होइछ हेरौँ न’ भन्ने प्रतिक्रिया दिएका छन् ।देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठानसमेत रहेका गजेन्द्र हमाललाई मन्त्री बनाएपछि चर्को विरोध भएको हो ।कांग्रेस नेता भए पनि हमाल सांसद होइनन् । नेपालको संविधानले गैरसांसदलाई ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ ।कतिपयले सर्वोच्चले यसअघि गरेको फैसलालाई लिएरसमेत टिप्पणी गरेका छन् । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रधानमन्त्री देउवाको यो कार्यले लोकतन्त्र संकटमा परेको बताए ।

    “अहिले लोकतन्त्र त भन्छन् तर, लोकतन्त्रको आचरण व्यवहार अनुरुप कोही पनि चलेका छैनन्,” उनले भने, “लोकतन्त्रलाई बचाउने भन्दा पनि सत्तामा बस्ने काममा नेताहरु लागेका छन् । लोकतन्त्र सेकेण्डरी कुरा हो, आफू प्राइमरी हो भन्ने उनीहरुको बुझाइ छ । सरकार परिवर्तन भए पनि प्रवृत्ति एउटै छ, लोकतन्त्र, संघीयता गणतन्त्र संघीयता भन्ने गर्छन् तर उनीहरुले यो आचरणमा भन्दा जनता झुक्याउने नारा बनाएका छन् ।”

    उनले हमाललाई अहिले नल्याइ नहुने कारण के थियो भनि प्रश्न गरे ।

    “सार्वजनिक मिडियामा प्रधानन्यायाधीशको मागअनुसार गजेन्द्र हमाललाई मन्त्री बनाउन लागेको भनिएको थियो । यसमा विरोध भइरहेकै बेलामा सरकारले निहुँ नै खोजेर त्यसैलाई नल्याइ नहुने, उसलाई नल्याए सरकार टिक्नै नसक्ने भन्ने किसिमको व्यवहार देखाएर जुन काम गरियो यो कुरा मुलुकको हितमा छैन,” उनले भने, “उनीहरुले नै भन्ने गरेको लोकतन्त्र गणतन्त्रको भविश्यका लागि नै यो राम्रो संकेत होइन । हामीले खोजेको लोकतन्त्र प्रजातन्त्रबाट नाम बदलेर लोकतन्त्र भएको छ । तर लोकतान्त्रिक मूल्य मान्यताको विपरीत छ । सरकार यसरी चलाएर लोकतन्त्र बच्दैन । लोकतन्त्र झन् झन् कमजोर हुन्छ, त्यसको पहिलो संकेत हो यो । सरकार उत्तरदायी हुनुपर्छ । प्रेसले यति धेरै लेख्दा पनि जे लेखे पनि हामीलाई मतलब छैन भनेर ल्याएजस्तो छ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑