• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोकिएन काइनाइट खानीको अवैध उत्खनन्, करोडौंको राजश्व गुम्दै

  • वीरगंज संजाल
  • २२ आश्विन २०७८, शुक्रबार ०९:०९
  • २९२१

    वीरगंज । कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमूल्य धातु काइनाइट अवैध उत्खनन् भइरहेको छ । भर्ताको बुकीमालिका सामुदायिक वनमा रहेको खानीबाट ठूलो परिणाममा अवैध रूपमा काइनाइट उत्खनन गरेर भारत निकासी भइरहेको हो । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमतिविना नै अवैध रूपमा राजश्व छलेर निकासी भइरहेको छ । राजश्व छलेर रातारात अवैध निकासी गरिहेको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘काइनाइट उत्खननका नाममा २० मिटरका बंंङ्कर वनाएर सयौं रुख नष्ट गरिएका छन्,’ उनले भने, ‘ठाउँठाउँमा पहिरो गइरहेको अवस्था छ ।’

    स्थानीयसँगको मिलेमतोमा बहुमूल्य ढुङ्ंगा भारततिर अवैध निकासी गरिरहेको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष धनराज शाही बताए । ‘सरोकारवालाहरूले चासो नदिँदा यस प्रदेशकै आर्थिक सम्भावना बोकेको यो खानी नष्ट भइरहेको छ,’ उनले भने, ‘हामीले धेरै प्रयास गरे पनि अझैँ रोक्न सकिएको छैन ।’ विपिन एण्ड अभि खनिज उद्योग प्रालिले ०५९ असारमा खानी तथा भूगर्भ विभागवाट उत्खनन् इजाजत पत्र लिएको थियो । ठेकेदारले डेढ दशकसम्म राजस्व तिरेका छैनन् ।

    खानी उत्खननका लागि जंगलभित्र कामदारलाई बस्नका लागि टहरासमेत बनाइएका छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि तत्कालका लागि उत्खनन् कार्य रोक्न लगाइए पनि फेरि रातारात अवैध उत्खनन् जारी रहेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । ‘अवैध रूपमा निकासी भएको राजश्व तिरेका छैनन्,’ उनले भने, ‘कुनै निकायमा पहल गर्दा पनि अवैध खानी उत्खनन् रोक्न सकिएको छैन ।’

    वडापालिकाको बैठकले पुराना चौकीदार हटाएर नयाँ ६ जना नियुक्त गर्ने निर्णय गरेको वडाध्यक्ष धनराज शाहीले बताए । ‘ठेकेदारहरूले रातारात गुण्डा लगाएर सार्वजनिक सामुदायिक वन कब्जा गरेर बसेका छन्,’ उनले भने, ‘स्थानीय सरकारलाई राजश्व नतिरी खनिज उत्खनन् गरी अवैध निकासी गरिरहेका छन् ।’कालिका गाउँपालिका–३ भर्ताको  ३६ सय ९९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७९ हेक्टर मदाने वन क्षेत्रमा बहुमूल्य काइनाइट रहेको छ । खनिज उत्खनन् गर्नका लागि सयौं कामदार घर टहरा बनाएर वन क्षेत्रभित्र बस्ने गरेपछि रुख कटान गर्नुका साथै वन्यजन्तुको चोरीसिकारी समेत वढेको जिल्ला वन रक्षक वीरेन्द्रप्रसाद आचार्यले बताए ।

    ‘ठूलाठूला बङ्कर खनेपछि वन क्षेत्रका पानीका मुहानसमेत सुकेका छन्,’ उनले भने, ‘वन क्षेत्रमा पाइने पाँचऔले, कटुकीे, सतुवा, अत्यासीलगायत जडिबुटीको पनि अवैध निकासी भइरहेको छ ।’ खानी तथा भूगर्भ विभागको नियम २१ को उपनियम १ अनुसार गार्नेट काइनाइट प्रतिकिलो ३ रुपैयाँ औधोगिक स्तरको प्रतिटन ५० रुपैयाँ राजश्व राज्यलाई तिर्नुपर्ने खानी तथा भूगर्भ विभाग ऐनमा उल्लेख छ । तर, त्यसविपरित जिल्लामा रहेको काइनाइट खानीको अवैध उत्खन् भइरहेको छ ।

    अवैध काइनाइटसहित दुईजना पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ । प्रहरी निरीक्षक कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट काइनेटिक ढुंगा बरामद गरेको हो ।सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेर ढुंगा बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए । प्रहरीले बस्नेतसँगै जुनीचाँदे गाउँपालिका–७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत बस्ने ३२ वर्षीय रामकृष्ण घर्तीलाई पनि पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑