वीरगञ्ज। वीरगञ्जको घण्टाघरमा चाडवाडलाई लक्षित गर्दै नागरिक सहायक कक्ष स्थापना गरिएको छ ।सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मुर्लीले नागरिकलाई सहयोग गर्ने अभिप्रायले बिहिवार एक कार्यक्रमका बिच कक्षको स्थापना गरेको हो ।
प्रहरीसँगै केन्द्रका पदाधिकारीहरुले हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजय दशमी, तिहारसँगै छठ पर्वलाई मध्यनजर गर्दै सहायक क्षा स्थापना गरेका हुन् ।चाडवाडको समयमा कसैको सामान हराएमा, कोही व्यक्तिलाई कुनै समस्या परेमा सहयोग गर्ने कक्षको उद्देश्य छ ।