पर्सा । अनिल निसाद । वीरगञ्ज गोल्डेन गेट एकेडमी द्वारा आज रौतहट जिल्लाको मौलापुर नगरपालिकामा निर्मित रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज गोल्डेन गेट एकेडमीका बिधार्थी हरु लाई सम्मान तथा विदाई गरिएको छ ।
विधालय का संचालक सगिर अंसारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा विधालय का प्रधानध्यापक शेख अजहर, कोडिनेटर भरत यादव , विदाई तथा सम्मान कार्यक्रमको कार्यक्रम संयोजक शेख अमजद, कार्यक्रममा प्रमुख अतिथि समाज सेवी एवं वीरगञ्ज पब्लिकेशनका संस्थापक तथा गणडक अस्पतालका व्यस्थापन प्रमुख ईजराईल अंसारी विशिष्ट अतिथि भोजपुरी टाईम्स दैनिकका श्रावण साह, पत्रकार र समाज सेवी शेष मखदुम जहाँ गस्त,नेपाल होटल र पर्यटन व्यवशाय संघ प्रदेश नं २ का सचिव तबरेज आलम बारा दैनिक अनलाइन का संचालक मानिकचन साह लगायत विधालय का शिक्षक शिक्षिका तथा बिधार्थीहरुको सहभागिता रहेको थियो।
सो विदाई तथा सम्मान कार्यक्रम मा विधालय को तर्फबाट विधालय का कोडिनेटर भरत यादव लाई वेष्ट शिक्षक को एवार्ड बाट सम्मानित गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज पब्लिकेशनको संचालक इजरायल अंसारीले विधार्थीहरु एउटा काचो माटो हो विधार्थी जिवन एउटा एस्तो जिवन हो जुन विधालय बाट सिकिन्छ तपाईहरुले सिक्नु भयो तर धेरै कुराहरु सिक्ने अहिले बाँकी छ।
तपाईंहरु वीरगञ्ज गोल्डेन गेट एकेडमीको गोल्डेन गेट पास गर्नुभएको छ र गरिबि कुनै पुर्न जनमको पाप होईन हाम्रै लापरवाही र आलस्य को कारण हो भने जस्तै अशिक्षित हुनु भने हाम्रै कारण हो प्रमुख अतिथि अंसारीले बताए। सो कार्यक्रममा स्वागत मन्तव्य विधालय का प्रध्यापक शेख अजहरले गर्नु भएको छ भने कार्यक्रम संचालन शेख अमजदले गरेका थिए।