वीरगंज । माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको नयाँ संस्करणको विन्डोज यो भन्दा अघिल्लो अर्थात विन्डोज १० चलाइरहेकाहरुमा भने निशुल्क अपडेट हुनेछ ।
विन्डोजको नयाँ संस्करण ‘क्लिन, फ्रेस र सिम्पलर’ बनाइएको विन्डोजका चिफ प्रोडक्ट अफिसर पानोस पानायले बताएका छन् ।नयाँ संस्करण प्रयोगकर्ताले अहिले थाहा भइरहेको कुरा भन्दा सम्पूर्ण रुपमा भिन्न भने नहुने उनले बताएका छन् ।
विन्डोज ११ को डिजाइनमा केही महत्वपूर्ण परिवर्तनहरु भने भएका छन् । स्टार्ट मेन्यू स्क्रिनमा सेन्टर गरिएको छ र आइकनहरु टास्कबारमा हुने छन् । क्लिक गर्दा स्टार्ट बटनले बारम्बार प्रयोग गरिएका एप्लिकेशनहरुको मेन्यू देखाउने छ ।